वापी पश्चिममा सभा सम्पन्न

वापी पश्चिम, २९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी पश्चिममा सभा सम्पन्न भएको छ ।

भेला नगर सचिव हरि काउछाको सञ्चालन नगर अध्यक्ष निखिल रावतको अध्यक्षता र केन्द्रिय सदस्य रमकला काउछा, क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर, क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछाले आतित्थ्यता गर्नुभएको थियो ।

नगर समितिका सम्पुर्ण सदस्यहरुको उपस्थितिमा नगर समितिलाई ब्यबस्थित गर्न व्यापक सदस्य अभियान सञ्चालन गर्ने एरिया समितिका भेला पुनर्गठन वा बैठक गर्ने लगायत महिला विभाग रक्तिम विभागको भेला बैठक गरि नेपालीहरुको घर दैलोमा गएर प्रत्यक्ष भेटघाट गरि सचेत सगठित गर्न सबै नगर सदस्य साथीहरु परिचालीत हुने महत्वपुर्ण छलफल नगरले सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार