वापी पश्चि अन्तर्गत चिकुवाडी एरिया भेला सम्पन्न

निखिल रावत,

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर समिति अन्तर्गत चिकुवाडीमा एरिया भेला सम्पन्न गरिएको छ ।

केशर खड्काको अध्यक्षता र नारायण कुँवरको सञ्चालनमा अगाडि बढेको सो भेलामा क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर, सहसचिव प्रविण सिंह काउछा, नगर अध्यक्ष निखिल रावत, नगर सचिव हरि काउछा, कोषाध्यक्ष विना काउछाको विशेष उपस्थिति रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारणबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई भरत न्यौंपानेको स्वागत मन्तव्यबाट दिनुभएको थियो ।

क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरले संगठनको महत्व र भारत प्रवासमा एकता समाजले खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनुभएको थियो । कुँवरले भारत प्रवासमा रहनुभएका सम्पूर्ण प्रवासी नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनी गोलवन्द हुन आव्हान समेत गर्नुभएको थियो ।

भेलाले केशर खड्काको अध्यक्षतामा १७ सदस्यीय चिकुवाडी एरिया समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– सागर कैनी, सचिव– नारायण कुँवर र कोषाध्यक्ष भरत न्यौंपाने रहनुभएको छ । त्यस्तै सदस्यमाः प्रकाश विक, गणेश भुल, गोकुल चौधरी, प्रशुराम कोसमी, नौराज ठकुल्ला, वैकल्पिक सदस्यमाः बाबु चौधरी, मिम चौधरी र सादरा चौधरी रहनुभएको छ । त्यस्तै भेलाले पवन खड्का, नन्दा कुँवर, लक्ष्मी भुल र सरद विकलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार