वापी पूर्व नगर समितिको आयोजनामा फूटवल खेल भव्य रुपमा सम्पन्न

वापी पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी पुर्ब नगर समितिले होलीको अवसरमा फुटबल प्रतियोगिता भब्य र सानदार रुपमा सम्पन्न पारिएको छ ।

कार्यक्रम सञ्चालन नगर सचिव गन बहादुर राना अध्यक्षता नगर अध्यक्ष भुवनसिंह धामीले गर्नु भएको थियो । प्रमुख अतिथिमा केन्द्रीय सदस्य गोबिन्दबहादुर थापा अतिथिमा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की केन्द्रीय सल्लाकार सदस्य पश्चिम क्षेत्रीय महिला बिभाग अध्यक्ष रमाकला काउछा, केन्द्रीय सल्लाकार सदस्य श्रीधर शर्मा, क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर, सुरत नगर अध्यक्ष पुर्ण विक, वापी पश्चिम नगर अध्यक्ष निखिल रावत, क्षेत्रीय सदस्य शोभा धामी पश्चिम भारत साँस्कृतिक बिभाग संयोजक हरिसिंह काउँछा, प्रविण सिंह काउँछा, टंक दाहाल, बिष्णु माया शर्मा, बिना काउछा लगायतको आतित्थ्यता रहेको थियो । उपस्थित सम्पुर्णलाई नगर सदस्य चेतनाथ ढकालले स्वागत मन्तब्य गर्नुभएको थियो ।

९ टिम खेलमा सहभागी रहनुभएको थियो । वापी थडपेसबाट विशाल थापा, क्याप्टेन भएको टिम विजयी भएको थियो । जसलाई प्रमुख अतिथी गोबिन्द बहादुर थापाले टफि दिनुभएको थियो । सटिपिकट मेडल कार्यक्रम अध्यक्ष भुवन सिंह धामीले हस्तान्तरण गर्नुभएको थियो ।

वापी चनोदबाट यान खत्री क्याप्टेन रहेको टिम उपविजेता भएको थियो । जसलाई केन्द्रीय सल्लाकार सदस्य श्रीधर शर्माले ट्रफि र केन्द्रिय सल्लाहकार रमकला काउछा, नगर सचिव गन बहादुर राना लगायतले सर्टिपिकट मेडलले पुरुस्कृत गर्नु भएको थियो । खेल अनुशासित र मर्यादित रुपमा भब्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार