वार्पी पूर्वमा ऐक्यवद्धता सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

68 जनाले पढ्नु भयो ।

वापी पूर्व, १० डिसेम्बर । मूल प्रवाह एकता समाज वापी पुर्ब नगर समिति अनर्तगत पर्ने भरतमोडा एरिया समितिले ९ डिसेम्बर २०२० का दिन “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाले देशव्यापी घोषणा गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

सभामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । थापाले सभालाई सम्बोधन गर्दै देशको राष्ट्रियताको पक्षमा संघर्ष गर्नु पर्ने वर्तमान परिस्थिति उत्पन्न भएको बताउनु भयो । कार्यक्रम लाल बहादुरको सञ्चालन एवं चन्द्र बिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *