वार्पी पूर्व अन्तर्गत कोलीवालमा मूल प्रवाहको एरिया समिति गठन

वापी पूर्व, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी (पूर्व) नगर समिति अन्तर्गत पर्ने कोली वाल एरियाको गनबहादुर रानाको पहल भेला सम्पन्न भएको छ ।

भेला धुर्वराज बोहराको अध्यक्षता, सोमबहादुर सुर्यवंशीको सञ्चालन, देवीराम सर्तुङ्गिको स्वागत मन्तव्य, क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिव बेदबहादुर कार्की, क्षेत्रीय सदस्य श्रीधर शर्मा तथा नगर सचिव गनबहादुर रानाको आतिथ्यमा सम्पन्न भएको छ ।

भेलाले १३ पुर्ण, २ बैकल्पिक र २ सल्लाहकार सहितको कोलीवाड एरिया पूनर्गठन गरिएको छ । जसमाः अध्यक्ष– धुर्वराज बोहरा, उपाअध्यक्ष– मिलन केसी, सचिव– सोमबहादुर सुर्यवंशी, सहसचिव– नयन खडका, कोषाअध्यक्ष– देवीराम सर्तुङी रहनुभएको छ ।

त्यस्तै पुर्ण सदस्यमाः हिरासिंह विश्वकर्मा, रेशम केसी, शुभाष राना, रवि शर्मा, कुलबहादुर साउद, सुनील, हर्क विष्ट, गोकुल बुढा, बैकल्पीक सदस्यमाः तारा सुनार, रामलाल चौधरी, सल्लाहकारमाः खेमबहादुर बुढा र गछेन्द्र बुढा रहनु भएको छ ।

नवनिर्वाचित सदस्यहरुलाई अतिथिहरुले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार