वाली गीत

  •   
  •  
  •  
  •  
  •  
  •  

715 जनाले पढ्नु भयो ।

रचना – जुना चालिसे
गुल्मी मालिका गाउँपालिका ६ अर्जै
हाल– चंडिगढ(भारत)

सुन्नुमा होला बाबा र आमा दाजु र भाईले,
हली, ठिगारे, खेताला अनी घर मालीक सबैले ।
असारे मैना रमझम बर्षा खेत र बारीमा,
खान नी अबेर हुन्थ्यो नी
भात खानलाई थालीमा ।।
आहै…….

वाली गीतहरु गाउदै नाच्दै संस्कृती झल्काऊथे,
हलीले हलो जोतेर खेतमा छेउकुना फर्काउथे ।
ठिगारे दाईले लाएको आली लपक्कै लीपे झै,
दिनभरी रोपाई गरिन्थ्यो खेतमा धानको बिउ भीजे झै ।।
आहै ………

धेरै भो अब प्रदेशी जीबन प्रदेश मै गयो दिन,
टप्कीन्छ आँसु यो गहभरी सम्झेर एकै छिन् ।
न खेत रोप्नु न कोदो
गोड्नु न मकै खन्नु छ,
दुखै दुख मा रमाउने किसान धन्यबाद भन्नु छ ।।
आहै ……….

हल गोरु लाग्ने ती खेतहरु मा टेक्टर पसी गो,
झन पीडा हेर्दा ती मजदुरको मजदुरी खोसीयो ।
धान काट्ने मसीन घास काटने मसीन सुख चाहीयो सबैलाई,
त्यो आफ्नै शरीर गल्दै झन गयो था छैन कसैलाई ।।
आहै ……..

अर्मो र पर्मो गरेर दिन काटिन्थ्यो पहीले त,
पैसा कै कुरा चहल पहल सुनिन्छ ऐले त।
अदिया ठेक्का गरेर बारी खेत रोप्थे पहीले त
सीरू र पाती उम्रेका जमीन देखीन्छन अहीले त ।।
आहै…….

आटो र ढीडो खांदा पो मुख देखिन्थ्यो रसीलो,
पौरख गरी खाएको दुध घीउ हुन्थ्यो नी पोसीलो ।
बोल्न पो छोड्यो ती चुलो अब गोठपनी रीत्तीयो,
बाझै छन बारी आस गरी खान विदेशी तरकारी भित्रीयो ।।
आहै……

बिरामी पर्दा जडी र बुटी बन जंगल मासियो,
दिनदिनै हाम्रो संस्कृति पनी मासियो साथी हो ।
न गाउमा तीज रमाईलो हुन्छ न दशै तीहार,
प्रदेशी जीबन बाध्यता भयो मलिनो मुहार ।।
आहै………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *