विकानेरमा टोल समिति गठन

विकानेर, २४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति विकानेर अन्तर्गत एमपी कालोनी सेक्टर ११ मा बसोबास गर्ने श्रमजिवी नेपालीहरु बीच टोल समिति गठन गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति विकानेरको पहलमा नगर अध्यक्ष लोक बहादुर पाण्डे, उपाध्यक्ष राजु सुनार, सदस्यहरुमाः रामप्रसाद, पारस, बल बहादुरको उपस्थितिमा १६ सदस्यीय टोल समितिको गठन गरिएको छ ।

नवगठित टोल समितिमा अध्यक्ष जीत बहादुर, सचिव अर्जुन थापा, कोषाध्यक्ष रवि क्षेत्री र सदस्यहरुमा नारायण थापा मगर, कृष्ण राना, अभीनाश क्षेत्री, टंक बहादुर क्षेत्री, हीरा बहादुर क्षेत्री, जीवन थापा, पदम थापा, करण सुब्बा, लक्ष्मण शर्मा, नारायण पोखरेल, अर्जुन क्षेत्री, सोनू कुमार, विनय कुमार रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार