विचार र विमर्शको छोटो चार्च

  •   
  •  
  •  
  •  
  •  
  •  

352 जनाले पढ्नु भयो ।

विचार प्रवाहको सन्दर्भमा वर्तमान परिस्थितिमा हामी कहाँ कसरी संगठित हुन आवश्यक छ ? त्यो बिषयमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गर्नेछु, यद्यपि म लेखक, प्रशिक्षक वा राजनितिज्ञ चाहि होईन । तसर्थः कहाँ कुन शब्द, लाइन एवं वाक्य मिलेन यहाँहरूको सल्लाह सुझावको आशावादी छु । ताकि आगामी विचार प्रवाह स्तम्भलाई परिस्कृत गरि स्तरिय गराउन मद्दत मिलोस् ।

बिषय प्रवेश :-

मानव समाजमा अनेकौं खालका विचारहरू प्रवाह हुने गर्दछन् । जसमाः धार्मिक, सांस्कृतिक, राजनैतिक विचारहरू उल्लेखनिय छन् । कतिपय छाडा अमानविय असभ्य विचारलाई हामी यहाँ चर्चा गर्ने छैनौं ।

नम्बर १. धार्मिक विचार 

अलौकिक काल्पनिक नयाँ संसार जसलाई स्वर्ग भनेर भनिएको छ । मरेपछि त्यो स्वर्गको संसारमा सुख आनन्द पाउने आशामा विभिन्न मानव जाति समाजमा धार्मिक विचारले जरा गाडेको पाईन्छ । लगभग सबै सामाजिक क्रियाकलापहरू तिनै धार्मिक विचार विधीको आधारमा चलेको पाईन्छ । जन्मदेखि मरणसम्म ति विधीहरू अपनाईन्छ ।

लुट शोषण र वर्चस्वको लागि एक धार्मिक समुदायले अर्को धार्मिक समुदाय माथि हमला आक्रमण गरेको पाईन्छ । आमुल परिवर्तन र कम्यूनिस्ट क्रान्तिकारीहरुका लागि धार्मिक विचार सबैभन्दा ठूलो बाधक बनेको मानिन्छ । “धर्म अफिम हो” भनेर स्पस्ट शब्दमा कार्लमार्क्सले व्याख्या गरिदिएका छन् ।

नम्बर २. सामाजिक विचार 

सभ्य समाजको निर्माणमा सामाजिक विचार हुनैपर्छ । प्रगतिशिल विचारद्वारा निर्देशित सामाजिक विचारले समतामूलक समाज निर्माणमा टेवा पुर्याउँछ । जस्तै भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा गरेको सामाजिक काम सर्हानिय छ । यहाँ कतिपय मान्छेहरूले सामाजिक संगठन दर्ता गरेर पैसा उठाउने, हडप्ने गरेको लुट र शोषणको जालि षड्यन्त्रको पर्दाफास गर्न जरूरी पनि छ ।

नम्बर ३. राजनैतिक विचार 

सत्तामा पुग्न र सत्ता सञ्चालन गर्न राजनैतिक विचार हुनैपर्छ । वर्गिय समाजमा पुँजिवादी राजनैतिक विचार र वामपन्थी राजनैतिक विचारमा ठूला–ठूला भिषण रक्तपात हिंसक संघर्षहरू भएका पनि छन् । यतिबेला पुँजिवादको चरमरूप साम्राज्यवादले वैंस काडेको अवस्था छ । गरिब सर्वहारावर्ग पेट पाल्न कै लागि रात दिन मेहनत गरिरहेका छन् । घरपरिवारदेखि टाढा छन् । तिनीहरूको भोको पेटबाट कहिले कतिबेला क्रान्तिकारी विद्रोहको ज्वालामूखि दन्किने हो भन्न सकिंदैन ।

सर्वहारावर्गको अधिनायकत्वको लागि साम्यवादी समाज निर्माण र मार्क्सवाद लेनिनवाद माओत्सेतुंग विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने कम्युनिस्ट क्रान्तिकारी राजनैतिक विचार आजको आवश्यकता हो । जसको रणनैतिक उदेश्य दिर्घकालिन सशस्त्र संघर्षद्वारा सत्ता कब्जा रहेको छ । त्यसैले चुनाव लडने, जित्नका लागि मात्र खोलिएका राजनैतिक दल विचारहरूलाई हामीले बुर्जुवाराजनीति भन्ने गरेका छौं ।

पार्टि कमिटी भनेको के हो ?

पार्टी भन्नाले सामान्यरूपमा निश्चित ऊदेश्यको लागि राखिएको प्रोग्राम जस्तै विभिन्न अवसरहरू जन्मोत्सव, विजय उत्सव खानपीन नाचगान मनोरंजन भन्ने बुझिन्छ । तर राजनैतिक अर्थमा निश्चित राजनैतिक विचारद्वारा संगठित समुह, दस्ता वा समिति लाई बुझिन्छ । राजनैतिक पार्टी कमिटी पनि दुई प्रकारका पाईन्छन् ।

बुर्जुवा पुँजिवादी पार्टि कमिटी :–

यिनीहरूको उदेश्य केवल चुनाव लडनु र जित हारको समिक्षा गर्नु मात्र हुन्छ । यिनीहरूले पनि गरिबी, बेरोजगारी, अशिक्षा थिचोमिचो, अन्याय अत्याचार भ्रष्टाचारको बिरोध गर्छन् । तर सबै चुनावी मौसममा चर्चामा आउछन् । समस्या समाधानमा ध्यान पुराउँदैनन् । केवल कुरालाई कुराका लागि मात्रै अगाडि सार्ने गर्दछन् । जसले गर्दा उनीहरुलाई कागजी बाघ भन्ने गरिन्छ । कागजको बाघले शिकार गर्दैन ।

कम्युनिष्ट पार्टि कमिटीः–

मार्क्सवाद, लेनिनवाद, माओत्सेतुंग विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने नौलोजनवाद, समाजवाद, साम्यवाद दिर्घकालिन रणनैतिक उदेश्य बोकेको भुमिगत क्रान्तिकारी लौह अनुशासित अर्को शब्दमा भन्नु पर्दा सर्वहारावर्गको मुक्तिको लागि लेनिनवादी संगठनात्मक प्रणालीद्वारा प्रशिक्षित कमरेडहरूको टिम भन्ने बुझिन्छ । विभिन्न जनवर्गिय संगठनबाट आएका ति कमरेडहरू जनताको बिचमा आँखाको नानी बनेर घुलमिल भका हुन्छन् । तिनीहरू विभिन्न स्तरमा संगठित तरिकाले क्रियाशिल हुन्छन्, हामीले त्यसैलाई पार्टि कमिटी भन्ने गर्छौ ।
समग्रमा पार्टि कमिटीमा क्रियाशिल कमरेडहरू तत्काल विश्व साम्राज्यवादको चरम उत्कर्षमा आफुले आफुलाई रक्षात्मक अवस्थामा भएको महसुस गरे पनि चरम शोषण र लुटको साम्राज्यवादी स्वर्गमा भुईचालो ल्याउन असम्भव नभएको आशावादी देखिन्छन् । चुनौतीको सामना गर्दै अघि बढछन् । चुनाव जित हारले आमुल परिवर्तन नहुने विश्वास राख्छन् ।

पार्टी किन छाड्छन् ?

कम्यूनिष्ट पार्टीलाई नै कसरी बुझ्ने भन्ने कुरा हो । विश्व पूँजिवाद, साम्राज्यवाद, आर्थिक भूमण्डलीकरण, मिडियामा भएको साम्राज्यवादी कब्जा र त्यसले निम्ताएको समस्याबाट हामी कति समयसम्म टिक्न सक्छौं ? त्यहींसम्म नै तपाई हाम्रो पनि लाइन तथा विचारको प्रवाहले काम गर्ने गर्दछ ।

जब हामी पनि त्यसबाट प्रभावित हुनेछौं, त्यसपछि हामी पनि यही क्रान्तिकारी धारमा कायम रहन सक्ने अवस्था आउने छैन । त्यतिवेला हामीले पनि आफूलाई वेठिक भएको भन्न त सुहाउने छैन वा भनौं भन्नलाई मनले मन्ने छैन । अनि पार्टीमाथि अन्ध धुन्द आरोपको बौछार गर्नेछौं, त्यो बौछारले हामीलाई त्यही पार्टीमा बनिरहनका लागि पार्टी अनुशासनले दिने छैन । अनि एउटा आरोपको मुकुण्डो तयार पार्नेछौं र बाहिरिने छौं । यो शिलसिला चलिरहेको छ, चलिरहन्छ तर पार्टी रिक्तीदैन । यो धुर्व सत्य कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *