विदाई कार्यक्रम सम्पन्न

एलुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिको आयोजनामा प्रकाशन भेला तथा कार्यकर्ता बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ । राजकुमार रायमाझीको अध्यक्षता, शिवराज पौडेलको सञ्चालन, अतिथि हरुको आसन ग्रहण पश्चात एक मिनेट बिर सहिदहरुप्रति मौनधारण गरिएको थियो भने स्वागत मन्तव्य रामप्रसाद पौडेल खले गर्नु भएको थियो ।

उक्त भेलालाई मूल प्रवाह का केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिबालय सदस्य रामकुमार क्षेत्रीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भयको थियो । उहाँले सम्बोधन गर्दै पत्रीकाको महत्वपुर्ण पक्षमा स्पष्ट पार्नु भएको थियो । पत्रीका नै ज्ञान आर्जनको साधन भएको, पत्रीकाले नै संगठनलाई बैचारिक रुपमा मजबुत बनाउन सक्ने भएको कारणले हामीहरु सबैले अध्ययन गर्ने बानी बसाल्नु पर्दछ र ग्राहक बढि भन्दा बढि बनाउनु पर्ने कुरामा जोड दिनु भयो । संगठनको बिकास र बिस्तारमा पत्रीकाको निकै ठुलो भूमिका रहेको बारे चर्चा गर्नु भयो ।

त्यस्तै क्षेत्रीय समितिका नरेन्द्र पुन, रामप्रसाद पौडेल क, दुर्गा प्रसाद आचर्य, मिना आचार्य, ललिता पौडेल, लक्ष्मी जिसि, राधिका पौडेल र दत्तुराम भट्टराईले शुभकामना मन्तब्य राखेका थिए । भेलाले एल्लुरु नगर भरि ग्राहक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैबीच ४ जना कार्यक्रताहरुलाई नगर समितिले बिदाई गरेको छ । जस्मा भुपु नगर अध्यक्ष रामप्रसाद पौडेल, नगर सदस्य दुर्गाप्रसाद आचार्य, बैकल्पिक सदस्य मिना आचर्या र मूल प्रवाह कि ललिता पौडेल हुनुन्थ्यो । उहाँहरु सबैले नेपाल मा गएर राष्ट्रिय जनमोर्चाको निकट रहि काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार