विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर मान्य

  •   
  •  
  •  
  •  
  •  
  •  

84 जनाले पढ्नु भयो ।

काठमाडौँ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

मन्त्रालयका अनुसार ग्रान्डी, कान्तिपुर, स्टार, ह्याम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, बिएन्डबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

यस्तै, नेसनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्युरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले प्रक्रिया पु¥याएका अरू निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताउनुभयो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *