विद्यार्थी नगर विभागद्वारा चेन्नईमा खेलकुद कार्यक्रम सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

633 जनाले पढ्नु भयो ।

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समिति अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ उत्तर नगर समिति चेन्नईको आयोजनामा बिभिन्न रचनात्मक खेलकूदका साथै बार्षिक रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

नर बहादुर बिकको सञ्चालन शर्मिला बिकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अतिथि आशन ग्रहण पछी सहिदहरुप्रति एकमिनट मौनधारण पश्चात उपस्थित खेलाडी तथा जनमानसलाई खुम आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रमुख संघका केन्द्रीय उपाध्यक्ष बिक्रम केसीले खेलको उद्घाटन गरेका थिए । आठ टिमहरु बीच भलिबल प्रतिस्पर्धा पछी मूल प्रवाह पश्चिम नगर चेन्नई प्रथम र दक्षिणले दोस्रो स्थान हांसिल गरेका थिए ।

बाल दौड १०० मिटर तर्फ प्रबिण भुषाल प्रथम, लिजा चालिसे दोस्रा र बिजय चापागाई तेस्रो स्थान गरेका थिए । त्यस्तै घैटो फोड खेलमा क्रमसः प्रथम जिबन, दोस्रो अर्जुन र तेस्रो अर्जुन बस्याल । सियो धागो खेलमा दिपा केसी प्रथम र शर्मिला बिकले दोस्रो स्थान हाँसिले गरेका थिए । महिला म्युजिकल चियरमा दिपा केसी प्रथम, लक्ष्मी चालिसे दोस्रो र जानकी तेस्रो स्थान हासिल गरेकि थिएन् । कार्यक्रममा कांशीराम शर्मा, उमानन्द आचार्य र तिलकराम गोराथोकीले शुभकामना मन्तव्य दिनुभएको थियो । बिजयी टिम तथा खेलाडीहरुलाई बिक्रम केसी द्वारा पुरस्कार प्रदान गरिएको थियो ।

पुर्व चेन्नई सचिब कोटीप्रसाद पोख्रल, दक्षिण चेन्नई अध्यक्ष लोकेन्द्र पौडेलले विजयी खेलाडीहरुलाई बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *