विद्यार्थी संघको दक्षिण भारत क्षेत्रीय भेला सम्पन्न

कोटी प्रसाद पोख्रेल,

चेन्नई, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता प्रिय कुँवरले र भेलाको सञ्चालन कस्तुरी थापाले गर्नुभएको थियो ।

भेलाको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव जनकराज पौडेल, त्यस्तै केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगर, केन्द्रीय सदस्य चोबनाथ शर्माले अतिथि आसनग्रहण गर्नुभएको थियो । अतिथि आसनग्रहण पछि ज्ञात–अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण र उपस्थित सम्पुर्ण जनमानसलाई शब्दबाट उषा शर्माले स्वागत गर्नुभएको थियो ।

भेलाको उद्घाटन एवं मन्तव्य दिंदै प्रमुख अतिथि जनकराज पौडेलले भारतमा विद्यार्थी संगठनको इतिहास र वर्तमान अवस्था बारेमा प्रष्ट्याउनु भएको थियो । विद्यार्थीहरु पनि सिमित पढाइमा मात्र नभएर राजनीति क्षेत्रमा पनि अगाडि बढ्न पर्ने आवश्यकतामा पौडेले जोड दिनुभएको थियो । विद्यार्थी आन्दोलनलाई अनेकन किसिमका जडसुत्रबादीहरुले कमजोर पार्ने षडयन्त्र गरे तापनि सच्चा क्रान्तिकारी विद्यार्थीहरुले विद्यार्थी आन्दोलनलाई अग्रिम पंतिमा नेतृत्व गर्दै आइरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी भेलालाई मूल प्रवाहका केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य चोवनाथ शर्मा, भगवती कुंवर, केन्द्रीय सल्लाहकार बालकृष्ण गायक, दक्षिण भारत क्षेत्री अध्यक्ष चन्द्रबहादुर थापा, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य खिमन्द शर्मा, दक्षिण भारत क्षेत्रीय महिला विभागबाट सचिव विष्णु शर्मा, जनजातिका विभागका वीर बहादुर थापाले भेला सफताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रमुख अतिथि जनकराज पौडेलले संख्या र नामावली प्रस्तुत गर्नु भएको थियो । भेलाले एक स्थान रिक्त रहनेगरी पन्ध्र सदस्यीय विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समिति पुनर्गठन गरेको छ । जस्मा– अध्यक्ष उषा शर्मा (कोयम्बतुर), उपाध्यक्ष– कस्तुरी थापा (निलगिरी), सचिव– सन्तोष पहाडी (बेंगलोर उत्तर), सहसचिव– लक्ष्मी प.अ. (नेल्लोर), कोषाध्यक्ष– प्रिय कुँवर (पाण्डेचारी), त्यस्तै सदस्यहरुमाः बिनिता शर्मा (पांडिचेरी), विशाल पराजुली (सितंबर), सिर्जना गायक (सितंबर), बिपना श्रेष्ट (कोचिन), विशाल सापकोटा (चेन्नई पूर्व), प्रकाश पौडेल (चेन्नई पश्चिम), सविता हमाल (निलगिरी), सुनिलकुमार बिक, नविन बिक (पाण्डीचेरी) र एक स्थान रिक्त रहेको छ ।

नवनिर्वाचित समितिलाई धनवीर पुन, कुल बहादुर थापा र लोकेन्द्र पौडेलले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार