विपन्न परिवारलाई सहयोग प्रदान

६ कार्तिक । दाङको बंगलाचुलीस्थित ओबिराम ओलिको परिवारलाई आज चिसोमा लगाउने लत्ताकपडा र आर्थिक सहयोग गरिएको छ । गरिएको उक्त सहयोगमा चिसोमा लगाउने कपडा सहयोग गरिएको हो ।

केहि दिन पहिला ओबिराम ओलिको मृत्यु भएको थियो । उनीहरुको परिवारमा आर्थिक समस्या र एक छाक जोहो गर्न समेत अफ्ट्यारो भएको हुँदा केही समाज सेवीहरुलेको पहलमा ओलि परिवारलाई सहयोगको लागि अपिल गरि सामाजिक संजालमा भिडियो सार्वजनिक गरिएको थियो ।

सो पहल पछि सहयोग स्वरुप केही रकम र कपडा प्राप्त भएको थियो । सो सामानहरु र रकम बंगलाचुलि युवा क्लबका अध्यक्ष तथा समाज सेवि सुशील परियारले हस्तान्तरण गर्नु भएको छ ।

कपडाहरु तातो खाल्को २ पिस, क्चा जम्पर २ पिस, जम्पर भुवा एक सेट, सुरुवाल १ पिस, सादा जम्पर एक पिस, सहयोग गर्नु भएका थिए । सुशील परियार र खोपीरामको पहलमा आज सहयोग हस्तान्तरण गरिएको हो ।

घोराही निवासी सामाजसेवी मन सन्तोष भण्डारी, मुकेश डिसि र बंगलाचुली निवासी टेकबहादुर थापाले सहयोगका सामाग्रीहरु उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार