विश्वभरबाट शर्मिष्ठा चौधरीप्रति श्रद्धाञ्जली : सिंह

  •   
  •  
  •  
  •  
  •  
  •  

168 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतीय कम्युनिस्ट पार्टी एमएल रेड स्टारकी नेत्री शर्मिष्ठा चौधरीको निधनले विश्व क्रान्तिकारी आन्दोलनका लागि नै ठूलो क्षति भएको बताउनुभएको छ ।

भाकपा (माले रेडस्टार) ले शनिबार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले शर्मिष्ठाको सम्पूर्ण जीवन पार्टी क्रान्ति र महिला मुक्ति आन्दोलनका निम्ति समर्पित भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय स्तरमा जुममा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा बंगलादेश, श्रीलंका, जर्मनी, नेदरल्यान्डका साथै संसारका विभिन्न देशहरूका पार्टीहरूका प्रतिनिधिहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित हुन नसकेका कुनै देशका पार्टीहरूका प्रतिनिधिहरूले सन्देशहरु पठाएका थिए । भारतका कैयौँ संगठनहरूको पनि त्यो कार्यक्रममा उपस्थिति थियो ।

भाकपा (माले रेड स्टार)का पोलिटब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठाको गएको जेठ ३० गते कलकत्तामा निधन भएको थियो । उहाँको निधनप्रति नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल महिला संघ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायतले दुःख प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग सम्बन्धित नेतृ चौधरी आन्दोलनको सिलसिलामा कयौंपटक नेपालसमेत आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *