विषम परिस्थितिमा पनि साथ दिनुहुने सम्पूर्णमा धन्यवाद : बगाले

  •   
  •  
  •  
  •  
  •  
  •  

440 जनाले पढ्नु भयो ।

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले विगतका वर्षहरुमा जस्तै यसपटक पनि मूल प्रवाहका नगर समितिहरुलाई संगठनको झण्डामुनि स्थानीय परिस्थितिलाई मध्यनजर गर्दै जहाँ जस्तो अवस्था छ त्यही रुपमा दिउसी–भैलो खेल्न खेल्न र आम श्रमजिवी नेपालीहरुका बीचमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको शुभकामना सन्देश सम्प्रेषणका लागि निर्देशन गरेको थियो ।

यसै बीच २०२० नोभेम्बर १४ देखि १७ सम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा सम्पन्न २०७७ वर्षको प्रगतिशिल देउसी–भैलो अत्यन्तै उच्च मनोबलको साथमा भव्य रुपमा सम्पन्न पारिएको छ ।

नगर समिति जालन्धर नगर अध्यक्ष जितमान थापाको इन्चार्जमा र नगर सचिव दिल बहादुर गाहा, सहइन्चार्ज तथा रक्तिम साँस्कृतिक विभाग कि इन्चार्ज जमुना गाहाको सहयोगमा भैलो व्यवस्थापन टिम बनाइ एक हप्तादेखि जनभेटघाट र दिपावलीको दिनदेखि विधिवत रुपबाट उद्घाटन गरि शुभारम्भ गरि भाइटीकाको भोलिपल्ट ४ दिनसम्म प्रत्येक एरियामा देउसी–भैलो खेलियो ।

केन्द्रीय सदस्य कुल बहादुर बगालेले देउसी–भैलोमा सहभागि तथा समर्थक, शुभचिन्तक सम्पूर्णलाई धन्यवाद प्रकट गर्नुभएको छ । “यस दौरानमा एरिया, टोल, विद्यार्थी, बाल सङ्गठन, महिला विभाग, जनजाति, समता विभाग, साँस्कृतिक विभागका कलाकारहरु एवं मूल प्रवाहका शुभचिन्तकहरुले आत्मविश्वास, सक्षम र दक्षताको परिचय गराउँदै सहयोग पुर्याउन भएको छ ।” वगालेले भन्नु भएको छ : “विश्व महामारी कोविड १९ कठिन परिस्थिति र चुनौतीपूर्ण परिस्थितिहरुलाई स्वीकार्दै असहज परिस्थितिलाई सहज बनाइ लक्ष्यलाई हासिल गर्ने प्रतिबद्धता सहित आर्थिक, नैतिक तथा भौतिक रुपले प्रत्यक्ष सहभागी भइ देउसी–भैलो कार्यक्रम सफल पार्नु भएको छ ।”

वगालेले भन्नु भएको छ : “एरियादेखि टोलसम्मका सम्पूर्ण कार्यकर्ता साथीहरूले व्यापक दृष्टि, अवलोकन र सङ्गठनले दिएको जिम्मेवारीप्रति दायित्वबोध रूपमा अग्रसर रहि निरन्तर अथक र परिश्रमका साथ अनुशासित र सौहार्दरुपमा सम्पूर्ण तह र तप्काकाबाट सहयोग र योगदान पुर्याउनु भएको हुँदा प्रशसनिय योग्य सराहनीय भूमीकाप्रति केन्द्रीय सदस्यको हैसियतले आयोजक समितिलाई सफलताको श्रेय एवं भैलो खेल्नुहुने सम्पूर्ण कार्यकर्ताहरुमा आभार सहित धन्यवाद प्रदान गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *