वैद्य निकट एकता समाजका केन्द्रीय सदस्य थापा मूल प्रवाहमा प्रवेश

  •   
  •  
  •  
  •  
  •  
  •  

1608 जनाले पढ्नु भयो ।

कुल्लु, ५ अक्टुबर । कोरोना संक्रमण अवधिलाई चिर्दै मूल प्रवाहले संगठन विस्तारको अभियान शुरु गरेको छ । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत कुल्लु जिल्लाको कटराईमा समाजको नगर संगठन समिति विस्तार गरिएको हो ।

नेपाली मजदुरहरु बीच नविन थापा मगरको पहल तथा कुल बहादुर रेश्मी मगरको अध्यक्षतामा नगर संगठन समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– दिपक थापा मगर, सचिव– चन्द्र राहुँ मगर, सहसचिव– केशव थापा मगर र कोषाध्यक्ष– विर बहादुर तंनामी मगर रहनुभएको छ । त्यस्तै सदस्यमाः पवित्रा कुमारी थापा मगर, मायाँ राहुँ मगर, वर्षा थापा मगर, चन्द्र बहादुर हौजाली मगर, वैकल्पिक सदस्यमा सविता हौजाली र मिना कुमारी नेपाली रहनुभएको छ ।

भेलाले कुमारी थापा मगर, खुमानसिंह थापा मगर, धन बहादुर नेपाली र छविन्द्र ढेंगा मगरलाई सल्लाहकार चयन गरेको छ ।

भेला भन्दा पहिला नविन थापा मगरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्व र भारत प्रवासमा संगठनले खेलेको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो । व्यापक छलफल पश्चात सो नगर संगठन समिति निर्माण गरिएको हो ।

नविन थापा मगर विगतमा मोहन बैद्यले नेतृत्व गर्दै आएको क्रान्तिकारी (माओवादी) निकट रहेको नेपाली एकता समाज भारतको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । वहाँले १८ जुन २०२० का दिन सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नु भएको थियो । थापालाई समाजका केन्द्रीय सल्लाहकार धनवीर पुन मगरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको  सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *