वैशाखमा महिना मात्रै ६७ अर्बले रेमिट्यान्स घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

२०७६ वैशाखसम्म आइपुग्दा भने रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेर ७५ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको हो । गत वर्षको सोही अवधिमा रु. १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

२०७६ फागुनमा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा १ अर्ब ६० करोड प्राप्त भएको छ ।

श्रोतः अनलाइन खबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार