व्यवस्था भ्रष्ट, हामी अनुशासन विहिन !

174 जनाले पढ्नु भयो ।

विनबहादुर रेग्मी

यति बेला देश संकटको भुंमरीमा छ । हाम्रो कृषिप्रधान देशमा आयातित अनाज, पानी, बिउ, फलफुल, तरकारी र रेमिटेन्सले गुजारा र बजार चलेको छ भन्दा जो कसैको पनि सरमले शिर निहुरीन्छ । देशको वर्तमान अर्थतन्त्रलाई गम्भिरतासँग नियाल्ने हो भने अबको केही बर्षमा हामी नेपाली परनिर्भरतामा सतप्रतिशत भागिदारी बन्नेछौं ।

कृषिप्रधान देशमा घर–आंगनको डिलमा एकपटक लगाएको गोलभेडा अर्को पटक लगाउनै पर्दैन, झनझन आफै फल्दै जान्छ । स्वादमा छिमेकी देशको टमाटरको तुलनामा कैयौ गुणा गुणस्तरिय हुन्छ । नेपाली माटोको उर्वराशक्ति र नेपाली युवाको दक्ष जनशक्तिको सामजस्यता मिलाउन सके नेपाल विश्व कै एक नम्बर स्वाबलम्बी देश बन्नसक्छ । गोलभेडा ता उदाहरण मात्रै हो । यार्सागुम्बा र रूद्राक्ष नेपाली डायमण्ड नै हुन् ।

विश्व मै जलश्रोतको दोस्रो धनी देश, प्राकृतिक सम्पदाको विशाल भण्डार भएको देश, विश्व ईतिहासमै कहिलै कसैको गुलाम नभएको देश नेपाल । किन र कसरी गरिबीको यो भुमरिमा फस्यो ? यो प्रश्नले आज तातोरातो रगत भएका जिउँदा, देशभक्त नेपालीहरूलाई हरपल, पलपल, हरघडि सताईरहेको छ । झक्झकाईरहेको छ । उत्तरको खोजीमा दिमाग खियाई रहेका छन् । अनुसन्धान र खोजका चरणहरू पार गर्दैछन् ।

धेरैजसो बेरोजगार युवाहरू जिन्दावाद र मुर्दावादको दलिय स्वार्थको राजनीतिले नेपाल गरिब भएको मान्छन् । वर्गसंघर्ष र जनवादी क्रान्ति आमुल परिवर्तनको बाटो भएको मान्छन् । कतिपयले यसको बिरोध गर्छन् र चीनमा पानी पर्दा काठमाण्डौमा छाता ओडने नक्कली प्रवृति भन्दै कडा आलोचना गर्छन् ।

यसो त देशको बिकासमा सत्ता र राजनीतिको मुख्य भुमिका हुन्छ भन्नेमा सबैको एकमत पाईन्छ । भ्रष्टाचार र नोकरशाही दलाल प्रवृतिले देश गरिब भएको भन्नेमा सबैको एकमत छ । त्यसैले त चुनावी नारा घोषणा पत्रमा यी कुराहरूलाई सिंगारपटार गरेर मिलाएर घुसाई उठाईएको पाइन्छ । तर ति सबै चुनाबी नारा मात्र भएकोले कार्यन्वयन तहमा पुग्दैनन् ।

मुख्य समस्या भ्रष्टाचार, दलाल, नोकरशाही प्रवृति माथि धावा बोल्नु पर्छ भन्दा सबैले ताली बजाउ छन् । ति ताली बजाउने सबैलाई भ्रष्टाचार विरोधी अभियानमा जोडदै आन्दोलनको आँधिवेहेरीको उठान गर्नु पर्छ भन्नेमा ग्रुप एडमिन सक्रिय भको पाईन्छ तर बुझाईमा समस्या देखिन्छ । यो त्यति सजिलो छैन । “भ्रष्टाचार” जसरी पढन र बुझ्न सकिन्छ, आक्रोस पोख्न सकिन्छ तर देख्न सकिँदैन ।

भ्रष्टाचारको स्वरूप निबन्ध, कविता, गजल, गितमा या भनौं साहित्यमा जस्तो हुँदैन । वैधानिक तरिकाले विधी पुर्याएर, भाग्यवान बनेर भ्रष्टाचार हुनेगर्छ । सामन्ती सोंचसँग भ्रस्टाचार मौलाईरहेको हुन्छ । भ्रष्टाचार लुकाउन आफै भ्रष्टाचार बिरोधी मोर्चामा अग्रपंक्तिमा उभिएका हुन्छन् । यसरी भन्दा पूँजीवादको पुरै तन्त्र करप्ट हुनेगर्छ । पूँजीवादी अर्थतन्त्रको माथिदेखि तलसम्म भ्रष्टाचारको सञ्जाल छ । त्यसैले त भ्रष्टाचारी जेलबाट सजाय काटेर बाहिर आउँदा फुलको माला र अबिरले स्वागत हुनेगर्छ । मानौं ठूलो समाजसेवी धर्मात्मा हो ।

नेपाल गरिब हुनुको मूल समस्या भ्रष्टाचार नै भएको छर्लंगै हुन्छ । अब भ्रष्टाचार कसरी रोक्ने ? यो गम्भिर र चुनौतीपूर्ण छ । आफू सत्तामा, नेतृत्वमा वा भनौं आफ्नो हाली मुहाली चल्दासम्म आफू र आफ्नाले गरेको भ्रष्टाचार नदेख्नु कम्ती चुनौतीपूर्ण छैन । तर जब आफ्नो सत्ता, नेतृत्वमा वा भनौं आफू हाली मुहालीबाट च्यूत भएपछि सर्बत्र भ्रष्टाचार देख्ने जुन नेपाली प्रवृत्ती छ, यो नजरियाबाट हामी बाहिर कहिले आउने ? जब आफ्नो सत्ता, नेतृत्वमा वा भनौं आफ्नो हाली मुहालीबाट च्यूत भएपछि निकै देशभक्त, क्रान्तिकारी अथवा आमुल परिवर्तनकारी बन्ने प्रवृत्ती र सोंचबाट हामी बाहिर नआउँदासम्म कोही कसैले आफूलाई पानी माथिको ओबानो नसम्झंदा हुन्छ । पहिला इमान्दार त बनौं ।

हाम्रो देशको राज्यव्यवस्था निम्न पुँजीवादी चिन्तन बोकेको अर्ध–औपनिबेशिक र अर्ध–सामन्ती हो । यसमा बनेका नीति, नियम, कानुन, संविधान, अड्डा, अदालत, पुलिस प्रशासन यहाँसम्म की पुरोहित, पण्डीत, पुजारी यी सबै ५ प्रतिशत मुठ्ठिभर शोषक वर्गको हितमा हुन्छन्, अथवा श्रमजिवी वर्गको विरुद्धमा । गरिबी, बेरोजगारी, प्रजातन्त्र विकास, सम्वृद्धी यि शब्दहरू हात्तीको देखाउने दाँत मात्र हुन् । तसर्थः धर्म, संस्कृती, शान्ती, प्रजातन्त्र, मानव अधिकारको आडमा लुकेर मौलाएको दलाल नौकरशाही सामन्ती प्रवृतिलाई जरैदेखि उखेलेर फाल्नको लागि हामी आफ्नो नीति तथा कार्यक्रममा अनुशासित, मर्यादित तथा मिलिटेन्सी हुनु पर्ने हुन्छ । आफ्नो कम्जोरी लुकाउनका लागि आफ्नै घरभित्र भाँडभैलो गर्ने कोशिस गरे कोलाहल मात्र हुनेछ । हामीमा भएका समस्यालाई हामीभित्रै साम्य पार्ने र हाम्रो दायरामा हामी आफै बस्न सकेनौं भने यही सडेगलेको मरणासन्न अबस्थामा पुगेको पुँजिवादी राज्यव्यवस्था अझै मजबुत हुनेछ ।

गम्भीर विषय आफ्नासँग प्रतिशोध साध्नु भन्दा आफ्नो दुश्मन शक्तिलाई परास्त गर्नुमा नै हाम्रो ध्यान केन्द्रीत हुनु पर्ने आवश्यकता छ । क्रान्तिकारीहरूले पूँजीवाद माथि धावा बोल्न र उसलाई ध्वस्त पार्नका लागि त्यो भन्दा अनुशासित, मर्यादित र सक्रिय हुनुपर्छ । तब मात्र त्यो भिषण बर्गसंघर्षमा बिजय र त्यसपछि सर्वहारावर्गको अधिनायकत्वमा वैज्ञानिक समाजवादको सम्भव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *