शक्ति दम्भले निम्ताएको नैतिक संकट

  •   
  •  
  •  
  •  
  •  
  •  

833 जनाले पढ्नु भयो ।

  • जनक पौडेल

विश्व करोना भाईरस् (कोभिड १९) ले हायल कायल छ । विश्वका शक्ति राष्ट्रहरु जहाँ प्रचुर मात्रामा टक्नोलोजी र प्रविधिहरु विकाश भएको छ । विभिन्न तह र तप्काका वैज्ञानिकहरु पनि प्रयाप्त छन् र पनि कोरोना भाइरस्बाट समुदायहरुमा संक्रमण रोक्न सकिरहेको अबस्था छैन । संक्रमित मानिसहरुका दिन प्रतिदिन ज्यान गईरहेका छन् । विश्वका तमाम् मेडिकल विज्ञहरु कोरोना भाइरस् विरुद्ध भ्याक्सिन वा मेडिसिन पत्ता लगाउन तल्लिन छन् । अझै अविष्कार गर्न सकिरहेका छैनन् । मानव जीवनको रक्षामा विश्वका अघिकांश देशहरु बन्दाबन्दीबाट गुज्रिरहेका छन् ।

विश्वका देशहरुमा विभिन्न प्रयोजनले नेपालीहरु पुगेका छन् । वेलायत अमेरिका, युरोप, लगायत देशहरुमा नेपालीहरु कोरोना भाईरस संक्रिमित भई ज्यान पनि गइरहेको अबस्था छ, ति लासहरु बेबारिसे भएका छन् । सयौं संख्यामा नेपालीहरु संक्रमित भएका खबरहरु पनि आइरहेका छन् । यस्तो विषम अबस्थामा कतिपय देशहरुले नेपालीहरुलाई आफ्नो देश छोड्न दवाव दिने क्रम छ । विश्व स्वास्थ्य संगठनको पोर्टोकल ब्यबस्था नजर अन्दाज भएको छ । साउदी अरब, युएई, कुवेत लगायतका खाँडी मूलुकमा नेपालीहरु साँगुरो कोठामा भेडा बाख्रा सरह नजर बन्दित छन्, श्रम गर्ने अबस्था छैन । उनीहरुको भविष्य नै अनिश्चित छ । कोरोना भाइरस्को दवावका साथै भोकमोरीले छट्पटाई ज्यान जाने जलतरासले बाँचिरहेका छन् ।

भारतमा काम गर्ने नेपाली मजदुरहरुको अबस्था पनि दिन प्रतिदिन अत्यन्तै विकाराल हुँदैछ । स्थिति अरु भयावह हुने संकेत देखिएका छन् । कतिपय सीमानासम्म पुगेका नेपालीहरु देश प्रवेश निषेआज्ञले सीमानामा नै छट्पटाई रहेका छन् । भारतमा कोरोनाको रफ्तारको गति निकै तेज हुँदैछ ।

नेपाल भित्र करिब एक महिनाको बन्दाबन्दीले मजदुर किसान लगायत अन्य श्रमिक बर्गहरु शहरबाट आफ्नो गाऊँ फर्कने अबस्था छैन । न त बसेको ठाउँमा सुरक्षित छन् । दिनहँ घर मालिकले घर निकाला गरेका पिडादायी घट्नाहरु सुन्नमा आएका छन् । अध्यानको लागि शहर पसेका विद्यार्थीहरुको हालत पनि त्यस्तै छ । मानिसहरु सयौं मयलको बाटो पार गर्दै पोका पुन्तुरा सहित स–साना अबोध वालवालिका र पेटमा भ्रण बोकी पैदल हिडिरहेका छन् । अत्यन्तै कारुणादायी दृष्यहरु देखिएका छन् । सानो तिनो रोजगार छुटे पछि श्रमिकहरु विचल्लीमा परेका छन् । किसानहरु मोल व्यू नपाई तड्पिरहेका छन् । वालीनाली लगाउने आफ्नै चटारो छ । सरकारले वितरण गर्ने राहत वास्तविक लक्षित वर्ग भन्दा आशेपासे तर्फ दुरुपयोग भएको छ, त्यहाँ सरकारको अनुगमन हुँदैन ।

सिधासाधा इमान्दार नेपाली मजदुरहरु सीमानाबाट छिर्न पाइरहेका छैनन्, तर दिन प्रतिदिन नेपालमा कोरोना भाइरस् संक्रमित ब्यक्तिहरु वढिरहेका छन् । अन्य देशबाटै आएका कतिपय ब्यक्तिहरु संक्रमित छन् । सीमाना सुरक्षा कति फितलो रहेछ यी घट्नाहरुबाट पनि पुष्टि हुन्छ तर सीमानासम्म पुगेका आफ्ना नागरिकहरुले कोरोना नै बोकेर आए झै सरकार अनुदार भएको छ । ति नेपालीहरुलाई देश प्रवेश गराउँदै आवाश्यक स्वास्थ्य परिक्षण गरि सम्बन्धित स्थान पठाउन सकिने अबस्था थियो । फेरी पनि नेपाल सरकार उदाशिन छ । अहिलेको अबस्थामा सरकारले अभिभावकत्व निर्वाह गर्नु पर्ने हो । नेपाल आमाका तमाम् सन्तानहरु विदेशमा छन् । ति आमाहरु आफ्ना सन्तानका पिरले तड्पिदै आशु झारिरहेका छन् । तिनीहरुलाई पुर्ण विश्वास दिलाउँदै आँशु पुछ्न सक्नु पर्दथ्यो । आफ्ना नागरिकहरुको अबस्था बारे सरकार चिन्तित भई आउने सक्ने सम्भावित जटिल परिस्थिति बारे सजक हुँदै योजना सहित तयार हुनु पर्ने थियो ।

कोरोना भाइसरको आतंकबाट पुरा देशका नागरिकहरुको जीवन रक्षाप्रति गम्भिर हुँदै सरकार पक्ष विपक्ष र नागरिक समाज विद्धिजिवी सबैसँग समन्वय गर्दै कोरोना विरुद्धको लडाईको नेतृत्व गर्न लाग्नु पर्ने अबस्था हो, तर कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै भने झै सरकारले “साह न कुशाह वुढिलाई भुसाहा” गर्दै बेमौषमको अध्यादेश ल्याई अरु सरकारप्रति वितृष्णा बढाउने कार्य गर्यो जुन दुर्भाग्यपुर्ण कार्य हो । सत्ता र शक्तिको आडमा प्रधानमन्त्री केपी ओली यतिसम्म गिद्रा रहेछन्, थप प्रष्ट भयो ।

अरु पार्टीलाई फुटाउन अध्यादेश ल्याएको भन्ने उनको अभिव्यक्ति अत्यन्तै लज्जाजनक छ । आफ्नै पार्टीसम्मलाई पनि थाहाँ नदिई स्वच्छाचारी ढंगले जसरी गतिविधि गरिरहेका छन् । त्यसले उनी अधिकायकबाद तर्फ उन्मूख भएको आभाष हुन्छ । एउटा देशको अभिभावकले अन्य पार्टी फुटाउन वा आफ्ना आसेपासेलाई निर्देशन दिएर गुण्डाको शैलीमा सांसदहरु अपहरण गर्न मिल्दछ ? देशमा शान्ती सु–ब्यबस्था कायम गर्दै स्थिर तर्फ लाग्ने हो की । देशको प्रधानमन्त्री नै अराजक शैली अपनाउँदै देशलाई अस्थिर तर्फ उन्मूख गराउन उद्त हुने हो ? असान्दार्भिक समयमा जसरी अध्यादेश प्रधानमन्त्रीले ल्याए । त्यो उनको आफु सत्ता सुरक्षाकवजको रणनीति अन्तर्गत नै आएको हो । त्यो चाए आफ्नै पार्टी भित्रको असुन्तुष्टीको भयक्रान्तले होस् वा अन्य पार्टीहरुलाई फुटाउने । त्यसको एउटै मात्र उदेश्य सत्ताको सुनिश्चित गर्ने र अरुलाई तर्साउने हो । त्यसको चौ तर्फी विरोध भए पछि अन्ततः अध्यादेश फिर्ता गर्ने मन्त्री परिषदले निर्णय गर्यो । फिर्ता हुने कुरा स्वागत योग्य हो ।

यद्यपि प्रधानमन्त्री जस्तो देश कै अभिभावक स्थानमा रहेको ब्यक्तिले यस प्रकारका फितला कार्यहरु गर्ने सरकार नै संलग्न भई अवान्छनीय गतिविधि गर्ने वा प्रोत्साहन गर्ने । आर्थिक अनिमियता र कमिशनमा संलग्न ब्यक्तिलाई पुच्छरमा लुकाउने आफुलाई राजा होइन महाराजा महशुष गर्दै जाँदा निश्चय पनि देशले निकास पाउने सम्भावना हुँदैन । गरिमामय पदमा रहेका ब्यक्तिहरुले सत्ता र शक्तिको आडमा दम्य देखाउँदा नैतिक संकट आइरहने छ । त्यसैले गल्ली सच्चाउनु राम्रो पक्ष हो । बारम्बार दोहोराउनु पट मुर्खता हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *