शान्तिनगरका दर्जनौं युवा राजमोमा प्रवेश, गाउँसमिति गठन

दाङ । दाङको शान्तिनगर गाउँपालिकाका दर्जनौ युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । चिराघाटमा एक कार्यक्रमको आयोजना गरि राजमोले युवाहरुलाई पार्टी प्रवेश गराएको हो ।

पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नव प्रवेशी युवाहरलाई अबिर र पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष आचार्यले सामाजमा व्याप्त वेथितिहरुको अन्त्य गर्दै समाजलाई सकारात्मक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

पार्टीमा प्रवेश गर्नेहरुमा रमेश अधिकारी, कोमल बुढाथोकी, शिव कुमार देवकोटा , ललिता बिक लगायत रहनु भएको छ ।

शान्तिनगर गाउँ समिति गठन

पार्टी प्रवेशपछि आयोजित भेलाले राजमोको शान्तिनगर गाउँ समिति गठन भएको छ । मेश अधिकारीको अध्यक्षतामा तीन स्थान रिक्त सहित १७ सदस्यीय गाउँपालिका स्तरीय समिती गठन गरेको हो । समितिको उपाध्यक्षमा कोमल बुढाथोकी, सचिव शिव कुमार देबकोटा, सह सचीव ललिता बिक र कोषाध्यक्षमा तुलसी थापा चयन हुनु भएको छ ।

सदस्यहरुमा सुमन थापा, उमेश बिक, यामबहादुर खडका, हिमाल बिक, कृष्ण भुसाल, भानुभक्त बिक, सुनिता बिक, महेश घर्ती, मेघबहादुर गन्धर्व रहनु भएको छ ।

रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व जिल्ला अध्यक्ष ससिराम बुढाथोकी ,अखिल नेपाल युवक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती शान्तिनगर युवा सञ्जालका अध्यक्ष कर्णदिप देबकोटा लगायतले मन्तव्य राख्नु भएको थियोे ।

निर्वाचित नयाँ समितिलाइ राजमो जिल्ला अध्यक्ष गणेश आचार्य र सुदिप कडेलले बधाई दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार