शिव र लक्ष्मीलाई चेन्नईबाट विदाई

चेन्नई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको तत्वावधानमा क्षेत्रीय सदस्य लक्ष्मी पंथी र दक्षिण नगर सदस्य तथा केन्द्रीय पार्षद शिव पंथीलाई एक समारोह विच विदाई गरिएको छ ।

१८ अक्टुबर २०२० का दिन सम्पन्न सो विदाई कार्यक्रमको अध्यक्ष दक्षिण नगरका जीवन शर्माले, सञ्चालन लोकेन्द्र पौडेलले र सुनिता बस्यालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा समाज केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने, केन्द्रीय सदस्य केबी थापा, मदन शर्मा, महेन्द्र बस्यालले आतित्थ्यता गर्नुभएको थियो ।

लक्ष्मी पंथी र शिव पंथीलाई दोसल्ला ओडाएर सम्मान सहित मञ्चमा आशनग्रहण गराइएको थियो । शिव पंथी १९८७ देखि चेन्नईस्थित सरावना भवनमा सहायक प्रबंधकको रूपमा कार्यरत रहनुका साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भई संगठनका बिभिन्न पदमा रहेर अनुशासित र जिम्मेवारी पूर्वक काम गर्दै आउनु भएको थियो ।

जनतासँग जोडिएका कैयन प्रशासनिक कार्यहरू सफल पार्न र विरामीहरूको उपचार गर्राउने लगायत जनताका कार्यहरू सफल पार्न हमेसा अग्रपंतिमा रहेर काम गर्नु भएको थियो ।

केबी थापा, देव बहादुर लामिछाने, मदन शर्मा, महेन्द्र बस्याल, बुद्धिराम पौडेल, पदम पौडेल, हेमराज रिजाल, राजु अधिकारी, हिरामणी शर्मा, पुष्पा पौडेल, देवी रिजाल, इन्द्रदेवी शर्मा, दुर्गा देवी सुवेदी र प्रेमसागर सुवेदी लगायतले विदाई मन्तव्य दिनुभएको थियो ।

स्मरण रहोस् शिव पंथी र लक्ष्मी पंथीलाई साथीहरुले भावुक हुँदै सल ओढाएर सम्पमान प्रकट गर्नुभएको थियो । वहाँहरु स्वदेश प्यूठान जिल्ला, स्वर्गद्वारी ७ वर्जीवाङ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार