शोक तथा अन्तिम श्रद्धाञ्जली सभा सम्पन्न

चिदाम्बरम् २१ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चिदाम्वरम् नगर समितिको आयोजनामा, मूल प्रवाह नगर समिति चिदामवरम् महिला विभागकी सदस्य तथा दक्षिण भारत क्षेत्रीय प्रतिनिध एवम् रक्तिम सांस्कृतिक अभियानका संयोजक वालाकृष्ण गायककी धर्मपत्नि श्रीमति वविता गायकको ११औं दिनका दिन नगर समितिको तर्फबाट शोकभसा एवं परिवारको तर्फबाट अन्तिम श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ । श्रीमती गायकको यहि महिना गत मिति ११ जुनका दिन अल्पआयू मै असामायिक निधन भएको थियो ।

नगर अध्यक्ष मोहराज शर्माको अध्यक्षता र महिला विभाग सदस्य संगिता गायकको सञ्चालनबाट अगाडि बढेको सो शोक सभा एवं अन्तिम श्रद्धाञ्जली सभामा दिवंगत वविता गायकको सम्मानमा एक मिनेट मौनधारण पश्चायत तस्विरमा अविर सहित माल्यर्पण गरिए पछि शोक कार्यक्रममा सहभागीहरुलाई मेघराज आचार्यले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।

वविता गायकको स्मरणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय तथा क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, केन्दीय परिषद सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य गोकूल बहादुर गायक, परिबारको तर्फबाट वहाँका पति वालाकृष्ण गायक, देवर हेम बहादुर गन्धर्व, राम बहादुर विक, प्रेम शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

त्यस्तै मूल प्रवाह केन्द्रीय सचिव प्रेम पौडेल (हैद्राबाद) केन्द्रीय सल्लाकार केवि थापा, (चेन्नई) वेगंलोर दक्षिण नगर समिति साथै क्षेत्रीय सदस्य दशरथ विक. उत्तर नगरबाट धरम पहरी, कारैकलबाट जीवन पराजुलीले लिखित रुपमा आएका समवेदना पत्रहरु वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार