श्रद्धान्जलीको अर्थ पार्टी क्रान्ती र परिवर्तनप्रतिको विश्वास पनि हो : सिंह

पंजाब, १३ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा पंजाब क्षेत्रका इमान्दार निष्ठावान र जुझारू कार्यकर्ता का. द्रोर्ण प्रसाद पोखरेलको श्रद्धान्जली सभाको कार्यक्रम सम्पन्न गरिएको छ ।

गत ७ सेप्टेम्वरको असमयिक निधन भएका क्षेत्रका क. दोर्ण प्रसाद पोखरेलको आनलाइन शोकसभालाई नेकपा (मसाल) का महामन्त्री का. मोहनविक्रम सिंहले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नुभएको थियो । महामन्त्री सिंहले “श्रंद्धान्जलीको अर्थ पार्टि, क्रान्ती र परिवर्तनप्रतिको विश्वास र अनुशासन, संगठनात्मक पद्धति र निष्ठाप्रतिको समर्पण पनि हो” भन्नुभयो ।

का. दोर्ण प्रसाद पोखरेलले पार्टी र संगठनमा निष्ठापूर्वक कार्यकर्ताहरुको पनि सम्मान र संरक्षण गरिनु पर्नेमा जोड दिनुभएको थियो ।

क्षेत्रीय सचिव त्रिभुवन भटृटराइको सञ्चालन तथा सुदुर–पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले अध्यक्षतामा आनलाइनमा सम्पन्न आनलाईन कार्यक्रममा विभिन्न अतिथिहरुको अतिथि आसन ग्रहण पश्चात २ मिनट कामरेड द्रोर्ण प्रसाद पोखरेलप्रति मौनधारण गरि श्रंद्धान्जली अर्पित गरिएको थियो ।

सो सभामा वहाँको संक्षिप्त जीवनी र योगदानबारे मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले स्पष्ट पारेपछी वहाँको थप योगदान र श्रंद्धान्जली सभाको महत्व वारे चर्चा गर्दै वोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा वहादुर केसी, उपाध्यक्ष कपिल खनाल, कार्यवाहक महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, नेपाली समाचारका सह–सम्पादक धनवीर पुन, महिला केंद्रिय संयोजक फुलविना पौडेल, अ.ने.जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापा, मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड़का, कुल बहादुर वगाले, कृष्ण जिसी, सल्लाहकार तिलक पौडेल, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, क्षेत्रीय सदस्यहरु तारा सोमारे, छविलाल सापकोटा, हिसारबाट नन्द बहादुर लम्तरी, संगरुरबाट खेमराज पोखरेल, मूल प्रवाहका पुर्व सदस्य तथा राजमो सदस्य तुल्सी खनाल लगाएत हुनुहुन्थ्यो ।

सो आनलाइन शोकसभामा पंजाब क्षेत्रभरिका विभिन्न नगरहरुबाट ग्रुप–गु्रपमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार