श्रमजीवीहरुको आन्दोलनलाई अझै शशक्त पारौं– अध्यक्ष केसी

खिमराज चालिसे,

हिसार, ७ फरवरी २०२१ । देशमा प्रतिगमनको खतरा, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले बताउनु भएको छ । केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको ४१ औं स्थापना दिवस समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै सो धारणा राख्नु भएको हो ।

अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध कायम गर्ने सवालमा समेत वर्तमान ओली सरकार कमजोर रहेको अध्यक्ष केसीले बताउनु भयो  । “राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको पक्षमा हुने सबैखाले आन्दोलनहरुमा श्रमजीवीहरु वर्गको आन्दोलनलाई अझै सशक्त बनाउनु आवश्यक छ ।” केसीले अगाडि भन्नुभयो– “मूल प्रवाहको गौरवमय सांगठनिक यात्रालाई नयाँ पिडीले अध्ययन, प्रशिक्षणले सुसज्जित भई नेतृत्व प्रदान गर्नु पर्ने आवश्यक छ ।”

कार्यक्रममा केन्द्रीय सल्लाहकार धनबीर पुनले एकता समाजको इतिहासले दिएको जिम्मेवारीलाई वर्तमानमा पनि मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुले प्रतिवद्ध भई संगठनको जिम्मेवारीलाई निरन्तरता दिएको बताउनु भयो । वर्तमान देशको राजनीतिक परिवेशमा बोल्दै पुनले भन्नुभयो– “ओली सरकारले एकपछि अर्को गर्दै लोकतन्त्र र संविधानमाथि जसरी प्रहार गर्दै गइरहेको छ, त्यसले देशमा फासीवादको खतरा बढ्दै गएकोछ ।” वहाँले अगाडि भन्नु भयो– “देशमा फासिवादको जुन गम्भीर खतरा देखा परेको छ, त्यो अवस्थामा शक्तिशाली जनआन्दोलन एकदम आवश्यक भएको कुरा प्रष्ट हुन्छ ।”

“जब राजनीतिक संगठनहरु आफ्नो राजनीतिक दायित्व सही प्रकारले पूरा गर्न असफल हुन्छन् वा उनीहरुका गलत नीति र भूमिकाका कारणले देशको राजनीतिक परिस्थिति झन् पछि झन् विग्रदै जान्छ, तब जनता अगाडि आउनु पर्दछ र उनीहरुले आफ्नो राजनीतिक दायित्व पूरा गर्नु पर्दछ ।” पुनले अगाडि भन्नु भयो– “राजनीतिक शक्तिहरुले सही प्रकारले आफ्नो भूमिका खेल्न सकेनन् र जनताले पनि आफ्नो दायित्व पूरा गर्न सकेनन् भने ? त्यो स्थितिमा सम्भावित दुष्परिणामहरु भयानक हुन सक्दछन् । त्यो अवस्थामा सम्पूर्ण देश र जनताले गम्भीर प्रकारका संकट र कठिनाइहरुको सामना गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्दछ । आज देश त्यही प्रकारको संकटको दिशामा उन्मुख भएको देखिन्छ ।” पुनले भारतमा रहेका विभिन्न पेशामा संलग्न व्यक्तिहरुलाई प्रतिगमन विरुद्धको आन्दोलनमा अगाडि आउन समेत अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एंव सुदुरपश्चीमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सल्लाहकार एवं हिसार नगर समितिका संस्थापक सदस्य देवीप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, महिला क्षेत्रिय विभागकी कोषाध्यक्ष सुनिता भट्टराइ, र सिरसा नगर समितिका शंकर गौतम लगायतले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा हिसार नगर समितिक अन्तर्गत रहेको समता विभागका श्याम बहादुर विक, जनजाति विभागका केयरसिंह, महिला नगर विभागकी निरु सारु, रक्तीम बिभागका योगेन्द्र दर्लामी, विद्यार्थी संघकी रक्षा सोमारे, मेषबाट लाल बहादुर चुदाली लगाएतले शुभकामना दिनुभएको थियो ।

नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षता तथा नगर सचिव तारा सोमारेको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा अतिथिहरुको आसन ग्रहण तथा ज्ञात अज्ञात शहीदहरुप्रति एकमिनट मौन धारण पश्चात नगर सदस्य आत्माराम न्यौपानेले स्वागत मन्तव्य र रक्तिमका कलाकारहरुले स्वागत गितद्वारा उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दुर्गा बहादुर केसीले हिसारका संथापक सदस्य देविप्रसाद पौडेललाइ दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनालद्वारा पठाईएको शुभकामना मन्तव्य लगायत विभिन्न समयमा हिसारमा रहेर संगठनलाई योगदान पुर्याउनु भएका सम्पूर्ण व्यक्तित्वहरुद्वारा पठाइएको शुभकामना समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको बीच बीचमा रक्तिमका कलाकारहरुले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार