श्रीकृष्ण र मायालाई विधाई कार्यक्रम सम्पन्न

65 जनाले पढ्नु भयो ।

–जनक राज पौडेल

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत जिपमेर एरिया समिति र नगर समितिको संयुक्त आयोजनामा, नगर सदस्य साथै जिपमेर एरिया अध्यक्ष श्रीकृष्ण खनाल र महिला विभाग नगर सदस्य माया खनालको विधाई कार्यक्रम सम्पन्न भएको छ ।

श्री कृष्ण खनाल जागिरबाट अवकाश प्राप्त पछि सधैको लागि स्वदेश जानु हुने भएको हुँदा, संगठनले सम्मान पुर्वक विधाई गरेको हो । श्री कृष्ण खनाल सन् १९८३ देखि निरन्तर रुपमा संगठनका विभिन्न स्तरमा रहि जिम्मा सम्माल्दै आउनु भएको थियो । माया खनाल महिला विभागमा कार्यरत् हुनुहुन्थ्यो ।

संगठनप्रति निष्ठावान सदस्यको विधाई कार्यक्रमलाई सम्बोधन गर्दै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेलले, पाण्डिचेरी नगर स्तरको सन्दर्भमा एक कूशल अभिभावकिय भुमिका निर्वाह गर्दै आउनु भएका सदस्य खनालको रित्तता खड्किरहने र संगठनमा निरन्तता नै प्रमूख पक्ष हुने हुँदा, त्यो गुण श्री कृष्ण खनालमा देखिएको त्यो हामी सबैले अनुशरण गर्न पर्ने आवाश्यकता रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।

अन्य विधाई कार्यक्रममा शुभकामना ब्यक्त गर्नेहरुमा दक्षिण भारत क्षेत्रीय समितिका डिल्ली प्रसाद शर्मा, नगर उपाध्यक्ष नर बहादुर केसी, नगर सचिव गोविन्द शर्मा, सदस्य भद्र बहादुर जिसी, जिपमेर एरियाबाट बल बहादुर केसी, बम बहादुर केसीले श्रीकृष्ण खनालले संगठनप्रति दिएको योगदान स्मरण गर्दै, बाँकी जीवन पनि देश भित्र गई राष्ट्रिय जनमोर्चामा काम गर्नु हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।

उपस्थित सम्पुर्ण मित्रहरुले सल र अवीर लगाई सम्मान गर्नु भएको थियो । कोरोना भाईरस संक्रमणको जोखिम परिस्थितिलाई मध्यनजर गर्दै, स्वमं कृष्ण खनालको आग्रहमा सिमित साथीहरुको विचबाट विधाई गरिएको थियो । जोखिम परिस्थितिको कारण व्यापक जनमानस सहभागी बनाउन असमर्थ रहेको आयोजक समितिले पनि प्रष्ट पारेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रीकृष्ण खनाल र माया खनालले संगठनलाई धन्यबाद दिंदै आफु स्वदेश गएर पनि राष्ट्रिय जनमोर्चामा आबद्ध हुने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रम जिपमेर एरिया सदस्य उमा केसीको अध्यक्षता, कृष्ण प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । उपस्थित मित्रहरुलाई नगर सचिव गोविन्द शर्माले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *