श्रीगंगानगरमा मूल प्रवाहको धमाधम टोल समिति निर्माण

श्रीगंगानगर, २३ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्धारा सञ्चालीत रिको इन्डस्ट्रीयल एरिया अन्तर्गत उद्योग बिहार (फस्टफेस)मा मूल प्रवाह द्धारा आयोजित भेलाले विभिन्न समसामयिक विषयमा व्यापक चर्चा परिचर्चा सहित १३ सदस्यिय टोल समिति गठन गरेको छ ।

केन्द्रीय सचिव त्रिभुवन भट्टराईले भेलाको उद्धेश्य तथा मूल प्रवाहको इतिहास तथा अहिले फैलाइएका विभिन्न भ्रमहरु बारे स्पष्ट पार्दै क्लास दिए पश्चात गठन गरिएको सो टोल समितिमा अध्यक्ष– राम बहादुर परियार, सचिव– सन्दिप परियार, कोषाध्यक्ष– रेनु परियार, सदस्यहरुमाः बिमला परियार, बिपिन परियार, उर्मिला परियार, माधव परियार, बिमली परियार, अर्जुन परियार, किरण परियार, प्रकाश विक, विद्या खान, दिपक खान रहनु भएको छ ।

कार्यक्रम विपिन परियारको सञ्चालनमा तथा राम बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गोल्डन सिटी टोल समिति,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निरन्तर संगठन निर्माण तथा विकास विस्तारमा लागि रहेको सन्दर्भमा सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितिद्धारा सञ्चालित रिको इन्डस्ट्रीयल एरिया अन्तर्गत गोल्डन सिटीमा मूल प्रवाहद्धारा आयोजित भेलाले टोल समितिको निर्माण गरेको छ ।

केन्द्रीय सचिव त्रिभुवन भट्टराई, प्रमुख अतिथी रहेको भेलामा मूल प्रवाहको इतिहास तथा समसामयिक विषयमा क्लास दिए पश्चात गठन गरिएको १३ सदस्यिय टोल समितिको अध्यक्ष– बेगम घर्ती, सचिव– जीवन घर्ती, कोषाध्यक्ष– यशोदा भट्टराई, सदस्यहरुमाः गिरीराज भट्टराई, रामु सुनार, यादव विक, गोविन्द, यमबहादुर घर्ती, शिवबहादुर घर्ती, पदम गिरी, माया घर्ती, तिलक बोहरा र बिष्णा घर्ती रहनुभएको छ ।

एग्रो फुड पार्क टोल समिति

यसैगरि इन्डस्ट्रीयल एरिया अन्तर्गत एग्रो फुड पार्कमा पनि गिरीराज भट्टराई र जिबन घर्तीको पहलमा तथा केन्द्रीय सचिव त्रिभुवन भट्टराई को बिषेश उपस्थितिमा सम्पन्न भेलाले विभिन्न समसामयिक विषयमा व्यापक चर्चा सहित निरु शर्माको अध्यक्षतामा ९ सदस्यीय टोलसमिति गठन गरेको छ । जस्माः सचिव– दिलिप कुमार, कोषाध्यक्ष– कल्पना शर्मा, सदस्यहरुमाः त्रिभुबन भट्टराई, मिनराज शर्मा, पुजा शर्मा, संजय पुन मगर, माधव गिरी र हेमन्ता गिरी रहनु भएको छ ।
दुवै कार्यक्रम नगर सचिव बसन्त भण्डारीको अध्यक्षतामा र नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

नाथवाला टोल समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्धारा सञ्चालित जबाहारनगर एरिया समिति अन्तर्गत नाथवाला (पेस्टीसाईड गोदाम) मा मूल प्रवाह द्धारा आयोजित भेलाले टोल समितिको निर्माण गरेको छ ।

केन्द्रीय सचिव त्रिभुवन भट्टराई प्रमुख अतिथी रहेको भेलामा मूल प्रवाहको इतिहास तथा समसामयिक विषयमा क्लास दिए पश्चात गठन गरिएको ११ सदस्यिय टोल समिति गठन गरिएको छ । अध्यक्ष– छबि जीसी, सचिव– खड्क आरसी, कोषाध्यक्ष– संकर जीसी, सदस्यहरुमाः बाबुलाल रोका, किसन रोका, युबाराज भटराई, सर्मिला जी सी, हिमाल जीसी, राजेन्द्र जीसी, सरोज भट्टराई एक स्थान रिक्त राखिएको छ ।

भेलाको सञ्चालन नगर सचिव बसन्त भण्डारी र अध्यक्षता नगर अध्यक्ष गिरुप्रसाद न्यौंपानेले गर्नुभएको थियो ।

अन्ध विद्यालाय टोल समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्धारा सञ्चालित जबाहारनगर एरिया समिति अन्तर्गत अन्ध विद्यालय (कोल्डस्टोर)मा मूल प्रवाह द्धारा आयोजित भेलाले टोल समिति निर्माण गरिएको छ । केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आतित्थ्यतामा सम्पन्न सो भेलामा मूल प्रवाहको इतिहास तथा समसामयिक विषयमा प्रशिक्षण दिए पश्चात गठन गरिएको ११ सदस्यिय टोल समितिको गठन गरिएको छ । जसमाः अध्यक्ष– धर्म केसी, सचिब– असोक केसी, कोषाध्यक्ष– दान बहादुर केसी, सदस्यहरुमाः– सुरज केसी, बिनोद केसी, सामरथ केसी, गणेश केसी, सिताराम बस्नेत, किसन पोखरेल र मधुसुधन केसी रहनु भएको छ ।

भेलाको सञ्चालन नगर सचीब बसन्त भण्डारी र अध्यक्षता नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार