श्रीगंगानगरमा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइयो

श्रीगंगानगर, राजस्थान । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्धारा संचालित महिला नगर विभागको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।

कल्पना न्यौंपानेको सञ्चालनमा तथा वसन्ता नेपालीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहण पछि ज्ञात–अज्ञात शहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात सरस्वता न्यौंपानेले र रक्तिम कलाकारहरुले स्वागत गरिएको थियो ।

कार्यक्रममा मूल प्रवाह का केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले सभालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको गौरवमय इतिहास र कम्युनिष्ट आन्दोलनमा क्लारा जेटकिन र दोश्रो इंटरनेशनलको महत्वबारे प्रकाश पार्दै महिला हक अधिकार तथा स्वतन्त्रताको लागि सम्पुर्ण उत्पीडित महिलाहरु नै संगठित र सशक्त प्रकारले अढि बढन महिला मुक्ती आन्दोलनलाई वर्गसंघर्षसँग जोडेर वर्तमान राज्य व्यवस्थाको आमुल परिवर्तन गर्ने बाटोमा लाग्न प्रेरित गर्नु नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उद्धेश्य भएको विचार व्यक्त गर्नु भएको थियो ।

सभामा मन्तव्य दिने अन्य अतिथि वक्ताहरुमा केन्द्रीय सदस्य कृष्ण जीसी, केन्द्रीय परिषद सदस्य ( हुमबहादुर विक, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य कमला खडका, वाग्मती केसी, क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौंपाने, खेल विभागका वसन्त भण्डारी, रक्तिमका वोमबहादुर विष्ट, खेल समितिका हरि न्यौपाने, रक्तिमका मूल प्रवाहका वालाराम उपाध्याय, रेशम भण्डारी, महिला विभाग कि सावित्रा विक र वाल विभागका उजु विक लगायत हुनुहुन्थ्यो ।

अन्त्यमा स्थानिय रक्तिम कलाकारहरुले भव्य गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार