संगठनले दिएको जिम्मालाई गहिराईबाट पुरागर्नु पर्दछ

  • विष्णु शर्मा (पाण्डेचरी)

म भारतमा आएको वा एकता समाजको सदस्यता प्रमाण पत्र लिएको २३ बर्ष पूरा भयो । सुरुमा त संगठनप्रति त्यति रुचि थिएन, नत बिस्वास नै थियो । कार्यक्रममा जानु भन्दा बहाना बनाउन पाए हुन्थ्यो भन्ने लाग्दथ्यो, तर घरबाट नै श्रीमान जाने भए पछि बहाना बनाउने पनि बाटो थिएन । त्यसैले म जसरी पनि जानुपथ्र्यो र जान्थे पनि ।

कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले अरु बिषय लगायत २०५२ सालबाट जनयुद्ध शुरु गरेको मामोबादीको बारेमा भन्न त माओबादीले सामन्तवाद र पुँजिबादलाई अन्त्य गरेर नौलोजनबाद ल्याउने भनेर बन्दुक उठायौ भनेका छन् तर उनीहरुको सामान्तबादको नाइके राजासँग नै अघोषित सम्बन्ध छ । हाम्रो हातमा आधार छैन भन्नुहुन्थ्यो, पत्रपत्रिकामा पनि यो बिषय उल्लेख हुन्थ्यो । यो बिषयलाई सुनेर पत्रपत्रिकामा अध्ययन गरेर मैले राम्रोसँग मनमा राखेकी रहेछु । जब राजदरबार हत्याकाण्ड भयो तब माओबादीका प्रमुखहरुबाट नै बिज्ञप्ती आएको थियो, हामीहरुको राजासँग अघोषित सम्बन्ध थियो भनेर । मलाई त्यहाँसम्म आइपुग्दा संगठनका अभिभावकहरुको एकता एकमनता, इमान्दरीता र बिस्वसनियताले समाजप्रती बिश्वास बढाइसकेको थियोे । यो बिषयको माओबादी स्वयंको खुलासाले एकता समाजले झुटको खेति नगर्ने रहेछ भन्ने बिषयमा अझ स्पष्ट पार्यो ।

महिलाहरुका बिषयमा पनि छोराछोरी बराबर हुन् भन्ने बिषय बारम्बार मन्तब्यहरुमा आउने गथ्र्यो । त्यस्ले मलाई संझना गराउथ्यो म गाउँमा जन्मेर हुर्केको म भन्दा माथिका दिदिहरुले त्यति धेरै नपढेको र मलाई पनि आमा बाबाले ५ कक्षासम्म मात्रै पढाएर छुटाउने उद्देश्यका साथ स्कुलमा भर्ना गर्नुभएको र घर वरपर हाम्रा दाजुभाइलाई छोरा भएपछि धेरै पढ्नुपर्छ मास्टर बन्नुपर्छ भनिन्थ्यो । त्यसले मलाई ५ कक्षा मात्र पढाएर छुटाउन खोजेको सायद छोरीको पढ्ने क्षमता कम हुनेरहेछ भन्ने लाग्थ्यो र कुनै कुरा नजान्दा कोशिस भन्दा पनि म छोरी हु भनेर चित्त बुझाउने गर्थे । फेरि पनि पढ्दै जाँदा साना कक्षाहरुमा सरासर पास हुँदा, फि तिर्नु नपर्ने सुबिधा आउँदा र छोरीलाई पनि पढाउनु पर्छ भन्ने कुराको चेतनाको बिकास समाजमा न्यून रुपमा भएपनि पर्न जाँदा बाबाआमाले मलाई ५ सम्म पढाउने लक्षलाई एस.एल.सी. सम्म पुर्याउनु भयो र बल्ल तल्ल एस.एल.सी. पास गर्ने मौका पाएकी थिएँ । जसले गर्दा नै संगठनका अभिभावकका भनाइले मेरो मन छुने गथ्र्यो ।

म गाउँले भाषामा लाहुर भन्ने ठाउँमा आउने चर्चा हुँदा बाटामा यात्रा गर्दा पनि मेरो मनमा एउटा कुरा आइरहथ्यो । आमाबाबाले दुःख गरेर स्वयं आफैले पनि एकएक घण्टाको बाटो हिनेर पढेको पढाइ प्रयोगमा नल्याउदा बिर्सिने होकी । सबैको दुःख कष्ट ब्यर्थ जानेहोकी भन्ने लाग्थ्यो, तर यहाँको बाताबरण मेरो सोचाई भन्दा भिन्न रहेछ । यहाँ पढ्न लेख्न नजानेकाहरुलाई सिकाएर बाबाआमालाई चिठी लेखेर पठाउन सक्ने बनाइने रहेछ । हामी नेपालीहरु जीवनको अति महत्वपुर्ण समयमा जन्मदिने बाबा आमा चटक्कै छाडेर प्रदेशिन बाध्य किन हुनुपर्नेरहेछ ? शिक्षामा ब्यबहारिकता नहुँदा देखिएका समस्या, महिला र पुरुष बिचमा गरिने बिभेदबारे, आदिम साम्यवादी युग तथा मातृ सत्ताबारे, प्रबासी नेपालीका बिकराल अबस्था र समाधानका उपाए बारे, नेपाल र भारत बिचमा भएका सन्धि सम्झौता बारे, भारतले नेपालमाथि गर्ने हेपाहा प्रबृति बारे, सिमा अतिक्रमण बारे, नेपालीहरुलाई स्वदेश जाँदा आउँदा हुने लुटपाट बारे, हाम्रो देशका राष्ट्रियता जनतन्त्र जनजिबिकाको पक्षमा सदासर्बदा उभिएका संघ संगठन बारे, हाम्रो घर आगनहरुमा आइपुग्ने सकारात्मक परिबर्तनमा विभिन्न राजनीतिक पार्टी र हाम्रा अभिभावक अमुल्य योगदान हुन्छ भन्ने यी आदि बिषयमा पढाउने बहुप्रतिभाशाली बिश्बबिद्यालय पो रहेछ ।

यहाँ त हिज नेपालबाट असक्षम आउने दिदिबहिनीहरु आज सक्षम हुनुभएको रहेछ । हिज रुँदै प्रबासिएका दिदीबहिनीहरुले आज आफू लगायत लाखौंको संख्यामा प्रबासिन बाध्य साना भाइ बैनिदेखि बृद बुवा आमाको कथा र ब्यथालाई मसिनो ढंगबाट बुझ्नुभएको रहेछ । पहिले महिलाहरु महिला समितिहरुमा मात्र बाधिने प्राबधान थियो, छैटौं अखिल भारत सम्मेलन पश्चात् बिभागिय समितिमा परिणत गरे लगत्तै उनीहरु पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोलदेखि केन्द्रसम्मका समितिमा बसेर समितिले दिएका जिम्मेवारीहरुलाई कुशलता पुर्बक निभाउनु भएको रहेछ । त्यति मात्र होइन संगठनमा काम गरेरका दिदिबहिनीहरुले स्वदेश फर्की कोही राष्ट्रिय जनमोर्चाको तर्फबाट जनप्रतिनिधि त कोही अखिल नेपाल महिला संघमा आबद्ध भएर उत्कृष्ट भुमिका निभाउँदै आउनु भएको रहेछ ।

तथापि आजसम्म पनि के देखिन्छ भने पुरुष दाजुभाइहरुले आफ्नो परिबारलाई कार्यक्रममा ल्याउन झिजो मान्ने तर महिला मुक्ति आन्दोलनको बिषयमा घण्टौं भाषण गर्ने प्रबृति ब्यप्त छ । कहिले कसो लिएर आउने हो भने र श्रीमतीलाई मन्तब्य दिन मञ्चमा बोलाउने हो भने त्यही घण्टौं भाषण गर्ने निउरी पर्छ । आफ्नो परिबारले केही जान्दिन भनेर आफुले आफुलाई संगठनप्रती कति लगानी गरियो र यहाँसम्म आइपुग्न सफल भइयो उनलाई पनि यही अबसर उपलब्ध गराउने हो भने सके आफू शरह नसके केही परिबर्तन त होला भन्ने कुराको विश्वास घरभित्रबाट नै कम भएको देखिन्छ । जसले गर्दा महिलाहरु संगठनको प्रमाण पत्र लिएर पनि प्रयाप्त मात्रामा सक्रिय हुन सकिरहेका छैनौ ।

पौडी खेल्न सिक्नु छ भने निरन्तर रुपमा पानीमा खुट्टा राख्नैपर्छ । सबै दाजुभाइले त्यसले जान्दिन भन्ने मानसिकतालाई कायम राखेको भए र दिदिबहिनीले पनि मैले जान्दैन भनेर बन्द कोठा भित्रमात्र बसेको भए माथिका उदाहरण र प्रेरणाका स्रोत हामीले पाउने थिएनौं । त्यसैले कुनै संघ संस्थाको राम्रो नामले मात्र कसैलाई रुचि हुँदैन, त्यो संघको गहिराइमा पुगेर निरन्तर रुपमा लाग्ने र बुझ्न खोज्ने हो भने मात्र त्यसलाई आत्मगत रुपमा स्वीकार्न सकिन्छ । जसलाई आफ्नै परिबारको अभिन्न अंगको रुपमा अपनाउन थालिन्छ । त्यति मात्र होइन संगठनमा बेलाबखतमा उतार चढाबहरुको बारेमा बुझिन्छ र सहि पक्षका घरको निरल सरह खडा हुन सकिन्छ । अर्कातिर समाजका उत्पिडित बर्गहरुको प्रतिनिधित्व गर्ने पार्टी संगठनलाई फुलाउन र फलाउनमन अमुल्य टेवा पुग्छ र लक्ष्य प्राप्त गर्ने समय पनि कम लाग्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार