संगरुरमा MCC विरुद्ध सभा सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

113 जनाले पढ्नु भयो ।

संगरुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरुर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रम केन्द्रीय परिषद सदस्य वुद्धीराम आचार्य प्रमुख अतित्थ्यतमा सम्पन्नभएको थियो । आचार्यले सभामा सम्वोधन गर्दै एमसिसीले नेपालको सार्वभौमिकता समाप्त पार्न बताउनु भएको थियो । नेपालमा कुनै पनि हालतमा एमसिसि सम्झौता कार्यान्वयन हुन नदिन सम्पूर्ण देशभक्त शक्तिहरु आन्दोलनमा आउन आव्हान गर्नुभएको थियो ।

नगर अध्यक्ष खिमराज पोख्रेलको अध्यक्षता र रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लक्ष्मी खनालले स्वागत भाषण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *