संघीयताविरुद्ध ऐक्यवद्धता प्रकट गर्दै साइप्रसमा विरोध सभा
126 जनाले पढ्नु भयो ।
साइप्रस । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयता विरुद्धको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै साइप्रस नेपाली एकता समाजले बिरोध सभाको आयोजना गरेको छ ।
कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल र समाजका सल्लाकार रामबहादुर कुँवरले सम्बोधन गर्नुभएको थियो ।
साइप्रस नेपाली एकता समाजका अध्यक्ष देवेन थापाको अध्यक्षता तथा सचिव जिवराज पोख्रेलको सञ्चालनमा अगाडि बढेको सभामा सचिवालय सदस्य बिनोद केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यस्तै, समाजले एक वक्तव्य प्रकाशित गरी कोरोनाका कारण देशमा देखा परेको तात्कालिक संकट तथा आन्तरिक विग्रह, आर्थिक असन्तुलन, विकास निर्माण खर्चमा कटौती, जनतामाथिको करको बोझ, बढ्दो महङ्गी, भ्रष्टाचारको सन्दर्भमा संघीयताबाट हाम्रो देशमा प्रतिकूल परिस्थिति निर्माण हुँदै गइरहेको ठहर गरेको छ ।
यो अवस्थामा देश असफल राष्ट्र बन्ने मात्र होइन, देश नै विश्व मानचित्रमा समाप्त हुने खतरा देखा परेको भन्दै समाजले गम्भीर चिन्ता प्रकट गरेको छ ।