संघीयता विरुद्ध अभियानमा गुजरातबाट ऐक्यवद्धता

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी पश्चिम नगर समितिको आयोजनामा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रस्टाचारको बिरुद्ध संघर्ष गरौं भन्ने मूल नारा अन्तर्गत देशमा देशभित्र रास्ट्रिय जनमोर्चाले सन्चालन गरेको कार्यक्रमप्रति ऐक्यवद्धता सभा सम्पन्न भएको छ ।

नगर सचिव हरि सिंह काउछाको सञ्चालन र नगर उपाध्यक्ष देवेन्द्र रावलको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य बेद बहादुर कार्की, केन्द्रीय सल्लाकार एवं पश्चिम भारत क्षेत्रीय महिला बिभाग अध्यक्ष रमकला काउछा, पश्चिम भारत क्षेत्रीय सहसचिव प्रविण सिंह काउछाले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछि बिना काउछाले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा वेद बहादुर कार्की, रमकला काउछा प्रविण सिंह काउछाले मन्तव्य दिनुभएको थियो ।

सुरत,

त्यसै गरि सुरत नगर समितिको आयोजनामा ऐक्यवद्धता सभा सम्पन्न भएको छ । नगर सचिव पुश्कल तिमिलसेनाको सञ्चालन, नगर अध्यक्ष पुर्ण बिकको अध्यक्षता र क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीको विशेष उपस्थितीमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार