संघीय समाजवादीका जिल्ला अध्यक्ष राजमोमा प्रवेश

नवलपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानका क्रममा संघीय समाजवादी समुहका दलित मोर्चा जिल्ला अध्यक्ष ओम बहादुर परियार सो पार्टी परित्याग गरी राजमोमा प्रवेस गर्नुभएको छ। परियारले अरु पार्टी भन्दा राजमोको नीति सिद्वन्त जनताको हितमा भएकोले राजमोमा प्रवेश गरेको बताउनुभयो ।

नवलपुरमा पनि विभिन्न टोलीबनाएर जिल्ला भरि अभियान सञ्चालन भैरहेको राजमो नवलपुरले बताएको छ । सोहि अभियान अन्तरगत राम प्रसाद सापकोटा सहितको नेतृत्वमा देवराज पौडेल, गंगा पौडेल , लक्ष्मी विक, लाल सिंह मल्ल र विमल शर्माले सदस्ता वितरण, जनभेटघाट, छलफल लगायतका कार्यक्रम जनताको घरदैलोमा पुगी सञ्चालन गरिरहनु भएको छ ।

सोही अभियान अन्तरगत २६ गते गैडाकोट वार्ड नं १ र २७ मा वार्ड नं. ५ र ६ मा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार