संदर्भ कला संस्कृतीको

  •   
  •  
  •  
  •  
  •  
  •  

1861 जनाले पढ्नु भयो ।

जमुना गाहा

मानव जीवनको अभिन्न अंग कला संस्कृती पनि हो । मानिसले आफुलाई समाज अनुकुल ढाल्न विषम परिस्थितिलाई पनि सहज बनाउने र कला संस्कृतीको संरक्षण र सम्वर्धन गर्ने कुरा आउँछ । त्यतीवेला सहि सरल र दृढतापूर्वक उभिने, एकमना एकताका साथ निर्णयहरु गर्ने र त्यसलाई व्यवहारिकता दिने नै धेरै महत्वपुर्ण हुन्छ । हुन त समाजमा सबै मानिसले त्यसो गर्न सक्दैनन् । एउटा सहि दृष्टिकोण तथा विचारले प्रशिक्षित मानिसहरुले सामुहिक सोंच र सामुहिक कार्यमा सहभागिता र सकृयता देखाउनेहरु बिचको घनिष्ठताले यही संरचना भित्रपनि कैयन महत्वपुर्ण कार्य गर्न प्रेरित गरिरहन्छ । यसैले गर्दा उनीहरुबाट मात्र त्यसप्रकारका निर्णयहरु गर्ने र सफलता पुर्वक कार्यान्वयन गर्न पनि सकिन्छ, तर कला संस्कृती र समाजमा धेरै कुरा सिक्ने जान्ने र बुझ्ने विषयमा समान सोंच नहुन सक्छ । यदि यो संरचनामा सबै मान्छे सबै पक्षबाट सन्तुष्ट हुने भए त संसारमा कला संस्कृती र कुनै सुधारात्मक आन्दोलन कै आवश्यकता पर्दैनथ्यो होला ।

कला संगित र साहित्यले करोडौं वर्ष पुरानो संसारलाई बदल्ने प्रेरणा दिन्छ, सजग हुँदै नयाँ महसुस गराउने काम गर्द्छ । त्यसैले कला एक अधुरो संस्कृती पूरा गर्ने र निराशाहरुलाई आशामा परिणत गर्ने क्षेत्र पनि हो भनिन्छ ।

अझ गीत सङ्गीतले त निराश जिदगीलाई आशाभरि रमाइलो बनाउने मुस्किलको बावजुद व्यक्तिगत जिन्दगी र समूहगत संस्थाको लक्ष्य र उद्देश्यमुलक बनाउँदै निराश र मौनको बाटोमा जान नदिन पहल गर्दछ । संगित र कलाले मान्छेको कमजोर चिज, लालच त्यागेर खुशियाली भएर आनन्द मान्नको लागि शन्देश दिन्छ, मानौ कुनै कारणले रोकिएको दिमागलाई पगाली दिन्छ ।

पुँजीवादी संसारमा कला धन कमाउने साधन हो, तर हाम्रो सोंचमा कला र कलाकारको उद्देश्य मात्र नाफा कमाउन होइन । व्यक्तिगत जीवन र देशलाई समपर्ण गरि संस्कृतिलाई सृजना सिर्जित गर्दै संसारलाइ बदल्नु र आनन्द प्राप्त गर्नु हो । जो होस् यहि संरचना भित्रपनि अलग अलग कलाकारिता अलग अलग क्षेत्रमा अमर रहने गर्दछ । जस्तै प्राकृतिकले आफ्नो सुन्दरता अनुसार मान्छेलाई प्रसन्न गर्दछ त्यही प्रसन्न कलाकार कला अनुसार आफ्नो भावनात्मक प्रतिभालाई राम्रोसँग प्रस्तुत गर्ने गर्दछ यद्यपि कला मनोरंजन होइन आनन्द हो । किनकि मनोरन्जन बचपनसँग हुन्छ, जो पछि व्यक्तिगत जीवन र संस्थागत उद्देश्यसँग र राज्यको हित अनुरुप अगाडि फैलिन्छ र यसरी अलगअलग कला आनन्दसम्म पुग्नको लागि अलगअलग पथ हुँदै जान्छ्न जब की पुग्ने स्थान एउटै हुन्छ जो संस्थागत हुँदै देशको व्यवस्थापन गर्ने गर्दछ । त्यही सभ्यताबाट त्यस देशको सांस्कृतिक अनुशासन आरम्भ हुन जान्छ । साथै कलाले त्यो देशको अवस्थामामा त्यही देशका नागरिकले हारीरहेको व्यक्तिसँग जित्न सक्ने क्षमता उब्जाउँछ । त्यही क्षमताले विशाल उद्देश्यद्वारा अनेकौं रङ्गको दृष्टिअनुसार अगाडि बढ्ने शक्तिशाली कलाकार बनाउँछ ।

त्यसैले त राम्रो कलाकारको उद्देश्य आफुलाई प्रसिद्ध ख्याती प्राप्त गर्न होइन, राज्य र देशको निम्ति महानता कमाउन पर्छ भन्ने सोंच राख्दछन् । त्यो दृष्टिकोण अनुसारको सोंच कलाकारहरुमा हुन जरुरी छ । यहीँबाट कलाकारहरुले आफ्नो कोमल र सुखमय बाताबरणलाई नाघेर आफ्नो संघ संस्थाको उद्देश्य अनुरुप र प्रेरित हुन जरुरी हुन्छ ।

कलाकारका राम्रो रचना राम्रो गीत सङ्गीतले निम्न भावनालाई बढी प्रस्टाउने गर्द्छ । एक मौलिकता दोस्रो आधुनिकता र तेस्रो यथार्थ नयाँ घटनाको प्रकारलाई बढी लिन सकिन्छ । मौलिकता उसलाई दर्शाउन सकिन्छ जो परम्परागत ढङ्गबाट जोडिएको हुन्छ र आधुनिकता राज्यको संरचनामा आधारित नयाँ प्रकारको साँस्कृतिकमा आधारित रूपमा बुझ्न सकिन्छ भने तेस्रो देश अन्तर्गत वा विश्वमा घटेको घटनाको अनुरुप रचना गर्न पर्ने हुन्छ, यसै अनुरुप कलाकारहरुले आफुलाई परिचालन गर्दै आफै उत्पादन हुनु पर्दछ ।

आज विश्व कोविड १९ महामारीको चपेटामा परिरहेको छ यस प्रसङ्गमा समाजमा मानिसलाई अनेकौं ढ्ङ्गबाट घाइते भैरहेको अवस्थामा व्यक्तिगत र संस्थागतबाट घटनालाई प्रस्टाउँदै त्यसको प्रभावबाट कसरी मुक्त हुन सकिन्छ भन्ने अवलोकन गर्दै मौलिक सङ्गीतको माध्यमबाट र आधुनिक प्रकारले सहजीकरण बनाउने बाताबरणबाट एवं राज्य व्यवस्थापनको सन्देशमूलक रुपबाट रचनाकारहरुले रचनात्मक कलालाई अगाडि बढाउनु नै कला र कलाप्रेमीहरुको भूमिका हुनु पर्दछ । यही नै समाजमा घटित प्राकृतिक घटनाको घाइतेहरुलाई मलमपट्टीको काम गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *