संयुक्त विद्यार्थी संगठनद्वारा बागलुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

  •   
  •  
  •  
  •  
  •  
  •  

268 जनाले पढ्नु भयो ।

बागलुङ । जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरुरुले बागलुङ बजारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

नेपाल विद्यार्थी सँघ, अखिल क्रान्तिकारी, अखिल छैठौँ, संघीय समाजवादी विद्यार्थी संगठनले संयक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

संवैधानिक संसद विघटन खारेजी, जनतालाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिमा बिभिन्न शैक्षिक संस्थाले लिएको शुल्क फिर्ता गर्नु पर्ने, जातिय विभेद अन्त्य गर्नु पर्ने लगायतका माग राख्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले जानकारी दिनुभएको छ । संयुक्त विद्यार्थी आन्दोलन अन्तरगत अन्य कार्यक्रमहरु अव निरन्तर सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *