संविधान, प्रजातन्त्र र लोकतन्त्र

हेम विजी

संविधान पनि बोल्दो रहेछ
देखाउँदै घाईते मुटु
उ बोल्यो
र भन्यो म माथि
असंवैधानिक हतियार प्रहार गरियो
सत्ताका खेलाडीहरु खेल्ने
खेल मैदान
बर्बरता साथ भत्काउँदा
मेरो
गलत बयान गरियो !

प्रजातन्त्र पनि बोल्दो रहेछ
मन दुखाउँदै
उ बोल्यो
सत्ताका खेलाडीहरु खल्ने
खेल मैदान
बर्बरता साथ भत्काउदा
अप्रजातान्त्रिक हतियार प्रहार गरियो
र मेरो
मर्म पनि भत्काईयो !

लोकतन्त्र पनि बोल्दो रहेछ
आत्म रुवाउँदै
उ बोल्यो
सत्ताका खेलाडीहरु खेल्ने
खेल मैदान
बर्बरता साथ भत्काउँदा
अलोकतान्त्रिक हतियार प्रहार गरियो
र मेरो
भावना पनि भत्काईयो !

एक दिन
एकै साथ बोले
संविधान, प्रजातन्त्र र लोकतन्त्र
र भने
यो गणतन्त्र युगमा
सोचेका पनि थिएनौ
तर
हाम्रो मुटु, मर्म र भावना
अधिनायक हतियारले लुछियो ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार