संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुख सापकोटा सर्वोच्चमा

103 जनाले पढ्नु भयो ।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोचच अदालतमा मुद्दा दायर गर्नुभएको छ । संसदीइ सुनुवाइ नगरी अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै उहाँले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति भएका सबैलाई मुद्दामा विपक्षी बनाइएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो । मंसिर ३० गतेको परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको थियो । उक्त बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुहुन्थ्यो ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्दै उपस्थितिको बहुमतले नियुक्ति गर्न सक्ने प्रावधान गरेको थियो । सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गर्नुभएको थियो र उहाँले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गर्नुभएको थियो । त्यसअघि संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उहाँले फिर्ता गरिदिनुभएको थियो ।

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *