संसद फेरि विघटन गर्नु ‘राजनैैतिक डकैति’ : पाँच विद्यार्थी संगठन

काठमाडौं । सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निर्णयको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुलेआह्वान गरेका छन् ।

आइतबार अखिल (छैठौं), नेपालविद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति प्रकिाशित गरी विद्यार्थी संगठनहरुले संसदको विघटनका विरुद्ध एकजुट हुँदै आआफ्नो ठाउँबाट प्रतिरोध गर्न आव्हान गरेका हुन् ।

विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सर्वभौम जनतामाथि गरिएको निरंकूश र अधिनायकवादी डकैती हो,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भर्त्सना गर्दछौं ।’

उनीहरुले सरकारले जनतामाथि गरेको भन्दै उनीहरुले आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठाैं)का अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार