संसद विघटनको सिफारिसप्रति नेकपा (मसाल) को कडा आपत्ति

  •   
  •  
  •  
  •  
  •  
  •  

214 जनाले पढ्नु भयो ।

काठमाडौं । मन्त्रिपरिषदले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्ण गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकष्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेकपाभित्र चरम द्वन्द्व चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्ने निर्णय गरिएको हो ।

सरकारको सो कदमप्रति नेकपा (मसाल) ले कडा आपत्ति जनाएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारको कदमलाई ‘अप्रजातान्त्रिक कदम’ बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डलले संसद विघटनको लागि गरेको निर्णय र त्यसका लागि राष्ट्रपति समक्ष गरेको सिफारिसलाई नेकपा (मसाल) ले गम्भीर प्रकारको गल्ती र अप्रजातान्त्रिक कदम मान्दछ । र, त्यसको कडा शब्दमा विरोध र भ्रर्त्सना गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *