संसद विघटन विरुद्ध प्युठानमा विद्यार्थीको मसाल जुलुश

  •   
  •  
  •  
  •  
  •  
  •  

664 जनाले पढ्नु भयो ।

शंकर प्रसाद पोखरेल, 

प्युठान । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदमका विरुद्ध आज प्युठानको मच्छीमा मसाल जुलुस प्रदर्शन गरिएको छ।

अखिल (छैठौं), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले मसाल जुलुश प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी संगठनले आज देशैभरी मसाल जुलुसको आयोजना गरेका छन् ।

मच्छीमा सम्पन्न मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसिले सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने र ओलीका प्रतिगामी कदम सच्चिनुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय उपमहासचिव मिलन एमसि, केन्द्रीय सचिवालय सदस्य सुमन श्रेष्ठ , जिल्ला अध्यक्ष पुष्कर शर्मा, नेविसंघका जिल्ला सदस्य एम मगर, समाजवादी विद्यार्थीका प्रतिनिधि श्रीराम पोख्रेललगायत नेताहरुले सम्बोधन गर्नुभएको छ ।

विद्यार्थीले कोरोना संक्रमणका कारण मच्छीवजारमा प्रतिनिधिमुलक मसाल जुलुस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *