संसारभर छरिएका नेपालीको बेहाल भयो :अनेएस

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले परिवार पाल्न संसारका विभिन्न देशमा पुगेका नेपालीहरूलाई अहिलेको करूणामय अवस्थामा साथ दिने कोही नभएको जस्तो महशुस भएको बताएको छ । छोटो समयमा धैरै आयआर्जन गर्ने प्रलोभनमा आफ्नो श्रीसम्पत्तिलाई दाउमा लगाई तेस्रो मुलुक पुगेका नेपालीहरु अहिले विचल्लीमा परेको एकता समाजले जनाएको छ ।

सोमबार विज्ञप्ति प्रकासित गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आफ्ना नागरिकप्रतिको जिम्मेवारीबोध गर्न सरकारसँग आग्रह गरेको छ । भारतमा अलपत्र परेका नेपालीलाई देशभित्र ल्याएर उचित व्यवस्थापन गर्न तथा तेस्रो मुलुकमा रहेका नेपालीको कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि माग गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले प्रेसित गर्नुभएको विज्ञप्तिमा संकटमा परेका नेपालीलाई साथ दिन पनि सबै नेपाली समूदायसँग आग्रह गरिएको छ ।

प्रेस वक्तव्यको पूर्णपाठ PDF मा तल प्रस्तुत छ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/04/Statement-IN-13-Apr-2020.pdf” title=”Statement IN 13 Apr 2020″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार