संस्था निर्माण र उदेश्य प्राप्ति बारे

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

306 जनाले पढ्नु भयो ।

जनकराज पौडेल

समाजमा निर्माण हुने कुनै पनि प्रगतिशिल संस्था त्यहि समाजका सक्रिय अगुवाहरुको पहलमा निर्माण गरिन्छ । त्यो संस्थाको निश्चित उदेश्य हुन्छ । निश्चित उदेश्य प्राप्त गर्न विचारधारा सहित संस्था निर्माण गरिएको हुन्छ । संस्थालाई चुस्त दुरुस्त पार्दै लक्ष्य प्राप्त गर्न निश्चित विधि पद्धति सामुहिक रुपमा छलफल गरि निर्माण गरिएको हुन्छ । ताकि संस्था अनुशासित हुँदै धेरै भन्दा धेरै जनताका हितमा काम गर्न सकियोस् र न्याय र समानता मूलक वा प्रगतिशिल समाज निर्माण होस् ।

त्यसबाट लागि धेरै भन्दा धेरै लक्षित बर्गहरु वा जनता प्रभावित हुन् आवाश्यकता हुन्छ, संस्थामा सहभागी बन्न अनिबार्यता हुन्छ र संगठनको संजालले ब्यापकता पाओस् । त्यो संस्थाले तत्कालको परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रमहरु निर्देश गरेको हुन्छ । एक पटक निर्माण गरिएको कार्यक्रम निरपेक्ष हुँदैन । बस्तुस्थितिको मुल्याङ्कन गर्दै परिस्थिति सापेक्ष परिबर्तन हुँदै जान्छ । यद्यपि ति कार्यक्रमले संस्थाको रणनीतिक उदेश्यप्रति आधार तयार पार्दै धेरै भन्दा धेरै सहयोग पुगोस् । बस्तुस्थितिलाई नजरअन्दाज गर्दै कार्यक्रम तय गरियो भने त्यो संकिणतामा फस्ने सम्भावना हुन्छ । अर्को तर्फ संस्थाको रणनीतिप्रति ध्यान केन्द्रित गरिएन भने यथास्थितिमा नै अल्मलिने सम्भावना हुन्छ ।

उदेश्य पुरा गर्न ठोस परिस्थितिको विश्लेषण गरेर कार्यक्रम बनाउनु पर्दछ । त्यो रणनीति उदेश्य पुरा गर्न बल पुग्ने हुनु पर्दछ । त्यो कार्यक्रम संस्थाको संगठनात्मक शक्ति जनआधार र बस्तुस्थितिको ठोस विश्लेषण गरि नै निर्धारण गर्नु पर्ने हुन्छ । उदेश्य पुरा गर्न संगठनात्मक पक्ष जनआधार बस्तुगत परिस्थिति मुख्य जिम्मेदारी हुन्छन् ।

संस्थामा समाजका विभिन्न संस्कार र स्वभावका मानिसहरु सम्मिलित भएका हुन्छन् । संगठित रुपमा प्रस्तुत हुने विचारहरु हाम्रो समाजबाट प्रभावित चिन्तन प्रकट हुने गर्दछन् । संस्थाको उदेश्य र लक्ष्य प्राप्त गर्न विधारधारा सम्मत आफ्नो सोच ढाल्न लामो समय लाग्दछ । त्यसको लागि अन्य तिर भन्दा आफैसँग चिन्तन रुपान्तरणमा कठिन संघर्ष गर्नु पर्ने हुन्छ । त्यो सम्भव त्यसरी हुन्छ । जब संगठित स्वस्थ्य बहस प्रशिक्षण अध्यान र अनुसान्धन ले मात्र यथास्थिति चिन्तनमा परिबर्तन गर्न सकिन्छ ।

संस्थाबाट निर्धारित गरिएका विधि पद्धति र प्रकृयाहरुलाई केन्द्रमा राखेर गरिने हरेक बहसहरुले संस्थालाई सिर्जनात्मक विकास तर्फ लैजान्छ । संस्थाको काम गर्ने क्रममा वा ब्यावारिक क्षेत्रमा आउने कमिकमजोरी र कार्यशैलीप्रति स्वस्थ्य र सौहार्दता पुर्वक गरिने आलोचनाले ति पक्षहरु हट्दै जान्छन् । संमग्र संस्थालाई फाइदा हुन्छ । आलोचना विकाश र रुपान्तरणको लागि हुनु पर्दछ, नकि सिद्धाउने प्रायोजित ।

काम गर्ने मानिसहरुमा कमिकमजोरी हुनू स्वभाविक हो । मुख्य कुरा संस्थाले निर्माण गरेका विधि पद्धति र विचारधारा र लक्ष्य समानता भए पछि अन्य कमजोरी प्राविधिक हुन्, ति सच्चाउन सकिन्छ तर जब संस्थाप्रति नै विश्वास हुँदैन । ब्यक्ति केन्द्रीत प्रतिशोध आग्रह, पुर्वग्राह, कुण्ठाप्रति ध्यान धेरै जान्छ अनि त्यस प्रकारको प्रवृतिको विकासले संस्था अकरमण्यतामा फस्दछ । त्यो बहस फगत र अनअर्थ हुन्छ । त्यसको असरले संस्थाका कार्यहरुमा बाधा पुग्दै जाने गर्दछ । विरोधी शक्तिहरुलाई नै फाईदा पुग्दछ । यसरी संस्थालाई नै ठुलो घाटा पुग्दछ । त्यहाँ संस्थाद्धारा निर्माण गरिएका अनुशासनका विधि प्रभावित हुनु अनिवार्य हुन्छ ।

संगठित संस्थामा विभिन्न विचारहरु आउनु स्वभाविक मान्नु पर्दछ तर ति विचार संस्थाको विकाश र उन्नतीका लागि केन्द्रित हुनू पर्दछ । ता कि समाजको परिबर्तनमा अरु बल पुगोस् । संस्थासँग सम्बन्धित सदस्यहरु संस्थाको अधिनस्त हुन जरुरी हुन्छ र संस्थाको निर्णय नै स्वीकार गर्नु ईमान्दार कार्यकर्ताको मुख्य कर्तव्य हुन जान्छ । विधि पद्धति अन्तर्गत रहेर गरिने संगठित बहस र संस्थाले गरेका निर्णयहरुको कार्यान्वयनको एकरुपताले संस्था अरु मजबुद हुँदै जान्छ । उदेश्य प्राप्त गर्न सकिन्छ । विचारधारात्मक संघर्षमा निर्माण गरिएका विधि प्रकृयाहरुमा ध्यान दिन सकिएन भने त्यसले ब्यापक अराजकता फैलाउन मद्दत गर्दछ । लक्ष्य उदेश्य प्राप्तीको अभियान टाढा धकेलिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *