सङ्घीयता र अधिकार

2748 जनाले पढ्नु भयो ।

  • रबि पौडेल, पाण्डेचरी

सिंहदरबारको अधिकार गाउँमा दिने भनेउ
गाउँगाउँमा डोजर लगाएर खेतबारि खनेउ
बिना योजनाका बिकास अहिले पहिरोमा पुरेउ
अरुलाई परपर सारेउ आफुलाई बाटो नजिकै पारेउ
तिम्रो अधिकार ?

सङ्घीयतामा अधिकार जनतालाई दिने भन्ने
सुबिधा जति सबै आफै लिने
प्रदेशको नाम पनि आफ्नै चाहिने
सदरमुकाम तोक्न घर नजिकै पार्ने ।
तिम्रो अधिकार ?

सङ्घीयता फेल भयो जनताले चाल पाए
मजदुरले सड्कमा भोको पेट पाए
देश टुक्राएर नोकरी कार्यकर्तालाई बाढ्ने
मिलेको बस्ति उजाडै हुने गरि भाड्ने ।
तिम्रो बिकाश ?

रोजगारि छैन बाँस कहाँ बनाउने
युवा जति खाडिमा पढाउने
सङ्घीयताको बिकास छर्ने
युवा जति बिदेशमा मर्ने,
तिम्रो सङ्घीयता ?

सङ्घीयतामा सात छोरा पायौ
न्वारान गर्न तीन बर्ष लगाई दुई भाइको
न्वारान अझै भएन, नाम के राख्ने आउँदै आएन ।
अझ देशमा बिकास भो भन्दछौं
आफै डुब्ने खाडल खन्दछौं ।
तिम्रो समृद्धि ?

सङ्घीयतामा अधिकार गाउँमा आएन
कुनै युवकले रोजगार पाएन
स्वास्थ्य, शिक्षा परको कुरा
जनताको छातिमा हान्यौं छुरा ।

तिम्रो सङ्घीयता ? तिम्रो अधिकार ?
तिम्रो समृद्ध ? तिम्रो बिकास ?
न न्याय पाए ? न शान्ति पाए ?
सङ्घीयताको जालो अब च्यात्ने भए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *