सञ्चारगृहको श्रम शोषणविरुद्ध पत्रकार-कर्मचारी संयुक्त आन्दोलनमा

  •   
  •  
  •  
  •  
  •  
  •  

805 जनाले पढ्नु भयो ।

काठमाडौं । विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंका नाम चलेका सञ्‍चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रेका हुन् ।

पीडित पत्रकार तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति गठन गरी असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा एक–एक घण्टा घेराउलगायतका कार्यक्रम तय गरिएको जनाएका छन् ।

घोषित कार्यक्रम अनुसार असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिनुभयो ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ ।

कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्ण लगायतका सञ्‍चारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णय समेत भएको संयोजक कर्णले बताउनुभयो ।

संचारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *