सड्क दुर्घटना परि घाइते परिवारलाई सिलवासा नगर समितिद्वारा आर्थिक सहयोग

सिलवास, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिका सदस्य जित बहादुर थापा र उनकी श्रीमती संगिता थापाको दिनांक १५ जुन २०२१ का दिन देहरादुनमा साडु भाईलाई भेट्न जाँदा हरिद्वार नजिकै दुधलीमा भन्ने ठाउँमा कार दुर्घटना हुँदा वहाँको अत्यन्तै नाजुक अवस्था रहेको छ ।

वहाँहरुको अवस्था अत्यन्त नाजुक रहेको मध्य नजर गर्दै सिलवासा नगर समितिले वहाँहरुलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।

२८ जुलाईका दिन सिलवासा नगर समितिका अध्यक्ष छोटेलालको अध्यक्षतामा बैठक बसी सड्क दुर्घटनामा सम्बन्धि मुद्धा दर्ज गरिएको केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले हामीलाई जानकारी दिनुभएको छ । थापा परिवार नेपाल खोटाङ दिक्तेल निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार