सतरंगी टिका र मखमली फूलको संझनामा परदेशीहरु

खिमराज चालिसे,

स्वदेशमा सतरंगी टिका र मखमली फूल ओइलाएर हात खाली राख्ने चेलीहरु र परदेशमा निधार खाली राख्दै जागिरमा पस्नुपर्ने पिडा वोकेका लाखौंको मर्म शब्दमा पोख्न गाह्रो छ ।

त्यसो त वर्षौंदेखि करिव करिव यस्तै पिडा वेदना र मर्म सहितको दर्द प्रदेशिहरुको जीवनमा जोडिईरहने गरेको छ, तर यसपटक भने कोरोनाको कहरले अझस्थिती असहज बनेको सर्वविदितै छ ।

अर्ध सामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको कारण लाखौंलाख नेपालीहरु घर छाडेर परदेश पस्नु पर्ने वाध्यता त जब जब मेलोमेसो आउँछ तब झनझन पिडा र असहजता हुने गर्दछ । त्यो पिडा एउटै आमाका सन्तानहरु (दाजुभाइ दिदीवहिनी) मा तिहारको समयमा अलग हुनुपर्दा अझवढी हुने गर्दछ ।

वैदेशिक रोजगारमा रहेकाहरुलाई यसपटक पारिवारिक रुपमा दशैतिहार मनाउन कोरोनाको कहरले असजिलो भएपनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले भारतव्यापी प्रत्यक्ष देउसीभैलो, संदेश मुलक कार्यक्रम, प्रशिक्षण, शुभकामना आदानप्रदान कार्यक्रम तथा विविध सामुहिक समूहगत कार्यक्रम गरेर कोरोनाको डर र त्रासबाट भयमुक्त बनाउँदै आत्मवल वलियो बनाउने प्रारम्भिक तरिका सिकाएको छ । जबकी संगठित व्यक्तीहरुको तुलनामा असंगठित व्यक्तीहरुका धेरैजसोको तिहार गतवर्षहरु भन्दा धेरै भिन्न, अली बढि कष्टकर रहेका छन् ।

जे होस्, कोरोनाकालमा पनि मूल प्रवाहका कार्यकर्ताहरुले भारतसरकारको कोरोना गाइडलाइन्सलाई पालना गर्दै आम नेपालीहरुको घरदैलोमा पुगी सचेत, समर्थित र संगठित गर्ने प्रयासले पुनः भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विकट परिस्थितिहरुमा पनि जनताको सुख दुःखमा समाहित रहने गरेको ऐतिहासिक परम्परालाई यस बर्षको तिहारमा पनि प्रत्यक्ष मनन् गराउँदै तिहार विभिन्न रुपमा मनाएका छन् ।

हुन त परदेश पसेका नेपालीहरुको सबै विषम परिस्थिति विरुद्ध संर्घष गरि खुसीपूर्वक बाच्न हास्न र नाच्न मूल प्रवाहले नै सिकाएको हुँदा परदेशीहरु तिहारमा पनि परदेशबाटै आफुलाई परेको असहज पिडालाई थाती राखेर रमाउन दह्रो मुटु राख्न संदेश दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार