सन्ध्या राहुँ मगरको उपचारमा मूल प्रवाह एलुरूद्वारा सहयोग

राज कुमार रायमाझी,

एलुरू, ५ जुलाई । प्यूठान जिल्ला, मल्लरानी गाउँपालिका १ लुक्का ठुलापोखरा घर भइ हाल दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका ७ प्रसेनी निवासी श्याम बहादुर राहुँ मगरको बर्ष १२ की छोरी संध्या राहुँ मगरलाई व्लडक्यानसर भइ कान्ति बाल हस्पिटल काठमाण्डौंमा उपचार भइरहेको छ । उपचार खर्च धेरै लाग्ने र वहाँको आर्थिकस्थिति अत्यन्त कमजोर रहेकोले आर्थिक सहयोगका लागि नगर समिति एलुरुमा आएको थियो ।

निवेदनको आधारमा पारिवारिक स्थितिबारे जाँचबुझ गरि पीडितलाई नगर अध्यक्ष राजकुमार रायमाझी, उपाध्यक्ष लक्ष्मी जी.सी, सचिव शिबराज पौडेल्, सहसचिव पितम बहादुर पुन, कोषाध्यक्ष कमला भट्टराई, सदस्य रामप्रसाद पौडेल, तुलबहादुर रायमाझी, शंकर खड्का र सम्पुर्ण नगर समितिका सदस्यहरु सकृयतामा सहयोग सङ्कलन गरि ने.रू. १०,०००/– दश हजार श्याम बहादुर राहुँ मगरको खाता नं ००२०९३२६०९०० मा पठाएको र उक्त रकम स्याम बहादुर राहुँ मगरले प्राप्त गरेको जानकारी समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार