सबै राजनीतिक दलहरू उस्तै हुँदैनन्

मोहनविक्रम सिंह ##

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध बढ्दै गएपछि त्यसको जवाफमा एउटा प्रचार निकै अगाडि बढ्न थालेको छ । त्यो प्रचार हो– ‘सबै राजनीतिक दलहरू उस्तै हुन् ।’ त्यो प्रचारको मुख्य अभिप्राय यो रहेको छ : ओली मात्र होइन, उनको विरोध गर्ने अरू सबै राजनीतिक दलहरू पनि ओलीजस्तै छन् । त्यो प्रचारद्वारा यो जनमत तयार पार्ने प्रयत्न गरिएको छ कि ओलीको विरोधमा देखा परेका राजनीतिक शक्ति पनि ओलीजस्तै छन् वा ओलीभन्दा राम्रा छैनन् । त्यसरी त्यो भनाइले यो कुरामा जोड दिन चाहान्छ कि ओली वा उनको प्रतिगमनको विरोध गर्नुको कुनै अर्थ वा आवश्यकता छैन । ओलीलाई हटाएर पनि देशमा कुनै उपलब्धि हुँदैन । त्यो विचारलाई जुनसुकै तर्कको आधारमा अगाडि ल्याइए पनि त्यसका पछाडिको मुख्य उद्देश्य ओलीको प्रतिगमनको विरोधको आन्दोलनलाई विरोध गर्नु वा प्रकान्तरले ओलीको प्रतिगमनको समर्थन गर्नु नै हुन्छ ।

अहिले हाम्रो नीति ओलीको प्रतिगमनका विरुद्ध अगाडि आउने सबै राजनीतिक शक्तिसित कार्यगत एकता वा सहकार्य गर्ने रहेको छ, जसमा नेकपा (माओवादी–केन्द्र), एमाले (माधव–खनाल पक्ष), नेका र जसपा (उपेन्द्र–बाबुराम पक्ष) आउँछन् । अहिले ओलीको प्रतिगमनका विरुद्धको सङ्घर्षमा पाँच दलीय गठवन्धन बनेको छ । अहिले कतिपय पक्षले ओलीको विरुद्धमा सङ्घर्षमा उत्रेका राजनीतिक दलहरू पनि ओलीजस्तै वा त्यो भन्दा खराब हुन् भन्ने जुन प्रचार गर्ने गरेका छन्, त्यस प्रकारको प्रचारलाई पूरै असत्य मान्न सकिन्न । तर त्यस प्रकारको सत्यभित्र अन्तर्निहित एउटा गम्भीर वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

विभिन्न पक्षले हामी गठबन्धनमा सामेल भएका अन्य पक्षका दोष र कमजोरी वा पहिले सरकारमा गएको बेलामा उनीहरूले अपनाएका विभिन्न गलत नीति र क्रियाकलापको जुन उल्लेख गर्ने गरेका छन्, देखाएका छन्, तिनीहरूलाई हामीले पूरै अस्वीकार गर्दैनौँ । तर त्यो कारणले के अहिले उनीहरूले ओलीको प्रतिगमनका विरुद्ध अपनाएको नीति वा सङ्घर्ष गलत हुन्छ ? अथवा के हामीले उनीहरूसित गरेको सहकार्य वा कार्यगत एकताको नीति गलत हुन्छ ? ओलीका नीतिका कारणले देश प्रतिगमनतिर जान्छ भने त्यो सम्पूर्ण देश र जनताका लागि नै ठुलो क्षति हुने छ ।

अहिले जुन राजनीतिक शक्तिसित हामीले सहकार्य र कार्यगत एकता वा गठबन्धन गरेका छौँ, तिनीहरूसित गतकालमा हाम्रा गम्भीर प्रकारका मतभेद थिए र अहिले पनि ती मतभेद हराएर गएका छैनन् । निश्चय नै आउने दिनमा ती मतभेद नयाँ र उच्च रूपमा देखा पर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । विभिन्न पक्षले हामी गठबन्धनमा सामेल भएका अन्य पक्षका दोष र कमजोरी वा पहिले सरकारमा गएको बेलामा उनीहरूले अपनाएका विभिन्न गलत नीति र क्रियाकलापको जुन उल्लेख गर्ने गरेका छन्, देखाएका छन्, तिनीहरूलाई हामीले पूरै अस्वीकार गर्दैनौँ । तर त्यो कारणले के अहिले उनीहरूले ओलीको प्रतिगमनका विरुद्ध अपनाएको नीति वा सङ्घर्ष गलत हुन्छ ? अथवा के हामीले उनीहरूसित गरेको सहकार्य वा कार्यगत एकताको नीति गलत हुन्छ ? ओलीका नीतिका कारणले देश प्रतिगमनतिर जान्छ भने त्यो सम्पूर्ण देश र जनताका लागि नै ठुलो क्षति हुने छ ।

अहिले कुन राजनीतिक शक्तिसित एकता गर्ने वा कसका विरुद्ध सङ्घर्ष गर्ने त्यसको एउटै कसौटी छ र हुन सक्दछ । त्यो कसौटी हो– को प्रतिगमनका विरुद्ध छ र को त्यसको पक्षमा छ । जो प्रतिगमनका विरुद्ध छ, त्यसको भूमिकालाई नै हामीले सकारात्मक रूपमा लिनुपर्दछ र त्योसँग प्रतिगमनका विरुद्ध कार्यगत एकता वा सहकार्य गर्ने नीति अहिलेका लागि सबैभन्दा सही नीति हो ।

कुनै पनि पक्षसित गरिने सहकार्य वा कार्यगत एकताको औचित्यता तात्कालिक परिस्थितिको राजनीतिक आवश्यकतानुसार नै निर्धारित हुन्छ । तात्कालिक विषयमा त्यस प्रकारको नीति निर्धारित गर्दा त्यसको सम्पूर्ण चरित्र कस्तो छ, त्यसको पहिलेको इतिहास कस्तो थियो वा भविष्यमा त्यसले कुन प्रकारको नीति अपनाउने छ ? आदि प्रश्नबारे मुख्य रूपले विचार गरिँदैन । त्यस प्रकारको नीति निर्धारित गर्दा तात्कालिक मुख्य आवश्यकता के हो ? त्यसमाथि नै विचार गरिन्छ ।

केही व्यावहारिक उदाहरणबाट पनि संयुक्तमोर्चा वा कार्यगत एकताको नीतिको औचित्यता प्रष्ट हुने छ । कुनै गाउँमा आगलागी भयो वा बाढी र पहिरो आयो भने तत्कालका लागि त्यो समस्या नै मुख्य हुन्छ । त्यो अवस्थामा त्यो आपत्बाट गाउँको रक्षाका लागि सबै गाउँलेहरू मिल्नुपर्ने आवश्यकता हुन्छ । त्यसो गर्दा गाउँको कुन मान्छेको कस्तो स्वभाव छ, पहिले ऊसँग दुस्मनी वा शत्रुतापूर्ण सम्बन्धता थिएन ? कुनै मान्छेको चालचलन, स्वभाव वा चरित्र कस्तो थियो ? ती कुरामाथि विचार नगरिकन सबैसित मिलेर आगलागी, बाढी वा अन्य कुनै बिपत्को सामना गर्ने काम गरिन्छ । त्यो पनि एक प्रकारको सहकार्य वा कार्यगत एकता हो । तर त्यस्तो बेलामा मिलेर त्यो आपत्बिपत्को सामना गर्नुको सट्टा विभिन्न व्यक्तिसितका झगडा वा अन्तरविरोधलाई उठाएर झगडा गर्न थालियो भने त्यो बेलाको आपत्बिपत्को सामना गर्नु सम्भव हुँदैन वा त्यसो गरियो भने त्यो हद दर्जाको मूर्खतापूर्ण कार्य हुने छ । त्यही कुरा कुनै खास बेलाको समस्याका सन्दर्भमा गरिने कार्यगत एकता वा सहकार्यका सन्दर्भमा पनि सत्य हो ।

कुनै गाउँमा आगलागी भयो वा बाढी र पहिरो आयो भने तत्कालका लागि त्यो समस्या नै मुख्य हुन्छ । त्यो अवस्थामा त्यो आपत्बाट गाउँको रक्षाका लागि सबै गाउँलेहरू मिल्नुपर्ने आवश्यकता हुन्छ । त्यसो गर्दा गाउँको कुन मान्छेको कस्तो स्वभाव छ, पहिले ऊसँग दुस्मनी वा शत्रुतापूर्ण सम्बन्धता थिएन ? कुनै मान्छेको चालचलन, स्वभाव वा चरित्र कस्तो थियो ? ती कुरामाथि विचार नगरिकन सबैसित मिलेर आगलागी, बाढी वा अन्य कुनै बिपत्को सामना गर्ने काम गरिन्छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि उक्त प्रश्नबारे कैयौँ व्याख्या गरिएका छन् वा त्यस प्रकारको अभ्याससम्बन्धी कैयौँ उदाहरण छन् । चीनमा च्याङकाइसेकले लाखौँ कम्युनिस्टलाई मारेको थियो । तर जब चीनमा जापानी आक्रमणको खतरा गम्भीर भयो, माओले जापानको खतराको सामना गर्न च्याङकाइसेकसित पनि कार्यगत एकताको नीति अपनाएका थिए । जब हिटलरको फासिवादको खतरा गम्भीर रूपमा अगाडि आयो, स्तालिनले साम्राज्यवादी शक्तिसित कार्यगत एकता गरेर जर्मन आक्रमणका विरुद्ध लडेका थिए । यदि त्यो बेला स्तालिनले साम्राज्यवादी शक्तिले समाजवादी क्रान्तिपछि रुसमाथि गरेका आक्रमण वा माओले चीनमा च्याङकाइसेकले कम्युनिस्टमाथि गरेको दमन वा हत्याको हिसाबकिताब गर्न थालेको भए त्यो कार्यगत एकता सम्भव नै हुने थिएन । त्यो अवस्थामा हिटलरले रुस र सम्पूर्ण विश्वमा नै तथा जापानले चीनमा प्रभुत्व जमाएको हुन्थ्यो । त्यसरी कार्यगत एकता वा सहकार्य भिन्न वा कतिपय अवस्थामा शत्रुतापूर्ण सम्बन्ध भएका शक्तिसित पनि तात्कालिक आवश्यकताका कारणले गरिने एकता हो ।

तर रुसमा स्तालिनले साम्राज्यवादी देशसित वा माओले च्याङकाइसेकसित गरेको कार्यगत एकतालाई गद्दारी बताउने कैयौँ ‘क्रान्तिकारी’ तत्त्व पनि थिए । त्यस सन्दर्भमा रुसमा ट्राटस्की र चीनमा वाङमिङका नाम विशेष रूपमा उल्लेखनीय छन् । त्यस प्रकारका ‘क्रान्तिकारी’ तत्त्वहरू प्रायशः सबै देशमा पाइन्छन् ।

नेपालको राजनीतिको नै कुरा गरौँ । हामीले कैयौँ पल्ट भिन्नमत भएका विरोधी वा कतिपय अवस्थामा दुस्मन र प्रतिक्रियावादी शक्तिसित पनि कार्यगत एकता वा सहकार्य गरेर तात्कालिक कुनै खास उद्देश्य पूरा गर्नका लागि सङ्घर्ष गरेका छौँ । २०४६ सालमा हामीले नेकासित सहकार्य गरेका थियौँ । तर त्यस सन्दर्भमा यो उल्लेखनीय छ कि नेकाको सरकारका मातहतमा नै कम्युनिस्ट ठुलो सङ्ख्यामा जेलमा पर्नुपरेको थियो वा हाम्रा कैयौँ साथीहरू सहिद पनि भएका थिए । त्यस सन्दर्भमा का. मित्रमणि आचार्यको हत्या विशेष रूपले उल्लेखनीय छ । त्यो बाहेक नेकाले भारतपरस्त नीति अपनाउँदै आएको थियो । नेकाका विभिन्न गलत नीति र क्रियाकलापका विरुद्ध हामीले बारम्बार कडा सङ्घर्ष गर्नुपरेको थियो । तैपनि निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्यका लागि हामीले नेकासित सहकार्य गरेर सङ्घर्ष गरेका थियौँ । तर २०४६ सालमा नेकासितको सहकार्य वा कार्यगत एकताको हाम्रै पार्टी पङ्क्तिबाट कम विरोध गरिएको थिएन । माओवादीले पनि प्रारम्भमा त्यस प्रकारको कार्यगत एकताको नीतिको विरोध गरेका थिए, यद्दपि पछि उनीहरू त्यो सङ्घर्षमा सामेल भएका थिए ।

माओवादी र एमालेसित पनि हाम्रो तीव्र सङघर्षका कैयौँ उदाहरण छन् । तैपनि २०६२–६३ सालमा हामीले उनीहरूसित मिलेर प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेका थियौँ । त्यो बेला हामीले मधेसवादी शक्तिहरूसित पनि सहकार्य गरेका थियौँ ।

नेकाका विभिन्न गलत नीति र क्रियाकलापका विरुद्ध हामीले बारम्बार कडा सङ्घर्ष गर्नुपरेको थियो । तैपनि निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्यका लागि हामीले नेकासित सहकार्य गरेर सङ्घर्ष गरेका थियौँ । तर २०४६ सालमा नेकासितको सहकार्य वा कार्यगत एकताको हाम्रै पार्टी पङ्क्तिबाट कम विरोध गरिएको थिएन । माओवादीले पनि प्रारम्भमा त्यस प्रकारको कार्यगत एकताको नीतिको विरोध गरेका थिए, यद्दपि पछि उनीहरू त्यो सङ्घर्षमा सामेल भएका थिए ।

२०४६ साल वा २०६२–६३ सालमा निरङ्कुश राजतन्त्र वा प्रतिगमनका विरुद्धको सङ्घर्षमा नेका वा एमाले, माओवादी र मधेसवादीसितका हाम्रा मतभेद वा पहिलेका सङ्घर्षमाथि ध्यान दिएर उनीहरूसित कार्यगत एकता वा सहकार्य गर्नु के गलत भएको थियो ? हामीले उनीहरूसितको सहकार्य वा कार्यगत एकताको नीति नअपनाएको भए त्यसबाट प्रतिगमन, निरङ्कुश राजतन्त्र वा प्रतिगमनलाई नै मदत पुगेको हुन्थ्यो वा हामी लोकतान्त्रिक आन्दोलनका विरुद्ध निरङ्कुश राजतन्त्र वा प्रतिगमनका पक्षमा नै उभिएका हुन्थ्यौँ । त्यसका लागि इतिहासले हामीलाई कहिल्यै पनि क्षमा दिने थिएन ।

कुनै खास बेलाको कुनै नीति सही हो वा गलत हो ? त्यो कुरा कुनै खास बेलाको घटनाक्रम वा त्यो बेलाको ठोस स्थितिको ठोस विश्लेषण गरेर नै निर्धारित हुन्छ र गर्नुपर्दछ । अहिलेको स्थितिमा मुख्य राजनैतिक आवश्यकता प्रतिगमनका विरुद्ध सङ्घर्ष नै हो । ओलीले स्पष्ट र निश्चित रूपले प्रतिगामी बाटो समातेका छन् । उनको कार्यप्रणालीमाथि विचार गर्दा यो कुरामा कुनै शङ्का रहन्न कि उनले खालि बारम्बार संसदलाई विघटन गरेर त्यसमाथि आघात गर्ने काम मात्र गरेका छैनन्, उनको त्यस प्रकारको कार्यप्रणालीलाई समयमा नै जनताको आन्दोलनद्वारा रोक्न नसकिएमा उनको गतिविधिद्वारा जनताको महान् आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियतामाथि समेत गम्भीर आँच पुग्दै जाने छ । ओलीले अहिले जसरी अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र देशभित्रका प्रतिगामी शक्तिसित गठबन्धन गरेर काम गरिरहेका छन्, त्यसको परिणाम त्यही हुने छ । त्यो अवस्थामा ओलीको प्रतिगमनका विरुद्धको सङ्घर्ष अहिलेको गम्भीर ऐतिहासिक र राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

त्यो अवस्थामा देशका राजनीतिक शक्तिहरू स्पष्ट रूपले दुई क्याम्पमा विभाजित भएका छन् : एकातिर, ओलीको प्रतिगमनको समर्थन गर्ने राजनीतिक शक्ति र अर्कातिर, त्यसको (ओलीको प्रतिगमनको) विरोध गर्ने राजनीतिक शक्ति । यी दुबै शक्तिका बिचमा कैयौँ प्रकारका गुण र दोष हुन सक्दछन् वा एकर्काप्रतिका आलोचना हुन सक्दछन् । तर अहिलेको स्थितिमा मुख्य विचारणीय प्रश्न त्यो होइन । अहिलेको मुख्य विचारणीय प्रश्न यो हो : को ओलीको प्रतिगमनको पक्षमा छ र को त्यसका विरुद्ध ? यो मुख्य रेखालाई उपेक्षा गरेर कतिपय पक्षले ओलीको समर्थन गर्ने वा विरोध गर्ने सबै राजनीतिक शक्ति उस्तै हुन् भनेर भन्दछन् भने त्यसले आजको देशको मुख्य राजनीतिक विभाजनलाई उपेक्षा गर्दछन् । प्रकान्तरले त्यस प्रकारको सोचाइले प्रतिगमनको नै सेवा गर्दछ ।

देशका राजनीतिक शक्तिहरू स्पष्ट रूपले दुई क्याम्पमा विभाजित भएका छन् : एकातिर, ओलीको प्रतिगमनको समर्थन गर्ने राजनीतिक शक्ति र अर्कातिर, त्यसको (ओलीको प्रतिगमनको) विरोध गर्ने राजनीतिक शक्ति । यी दुबै शक्तिका बिचमा कैयौँ प्रकारका गुण र दोष हुन सक्दछन् वा एकर्काप्रतिका आलोचना हुन सक्दछन् । तर अहिलेको स्थितिमा मुख्य विचारणीय प्रश्न त्यो होइन ।

यो कुरालाई हामीले अस्वीकार गर्दैनौँ कि आज प्रतिगमनका विरुद्ध उभिएका नेका, माओवादी केन्द्र, एमाले (माधव–खनाल पक्ष) वा जसपा (उपेन्द्र–बाबुराम पक्ष) का चरित्र, कार्यप्रणालीमा कैयौँ दोष हुन सक्दछन् । कैयौँ मानिसले ओलीको प्रतिगमन विरुद्धको सङ्घर्षमा जोड दिनुभन्दा गठबन्धनमा भएका शक्तिमाथि नै बढी प्रहार गरेको पनि पाइन्छ । उनीहरूको त्यस प्रकारको प्रहारले निश्चित रूपले आजको ऐतिहासिक वा राष्ट्रिय आवश्यकता प्रतिगमनका विरुद्ध सङ्घर्षको आवश्यकतासित मेल खाँदैन । त्यो अवस्थामा यो कुरा स्वयम् प्रष्ट छ कि त्यसरी उनीहरूले कसको सेवा गरिरहेका छन् ?

आज यदि प्रतिगमनको जित हुन्छ भने देशको राजनीतिमा त्यसका कैयौँ दूरगामी दुष्परिणाम हुनेछन् । त्यसबाट कुनै क्षतिको पूर्तिका लागि हामीले पुनः दशकौँसम्मको लामो सङ्घर्ष गर्नुपर्ने छ । त्यो क्रममा सम्पूर्ण देश र जनतालाई जुन अपूरणीय क्षति हुने छ, त्यसका लागि अहिले प्रतिगमनको पक्षले नै वा प्रतिगमनका विरुद्ध उभिएका राजनीतिक शक्तिमाथि आक्रमण गर्ने तत्त्व पनि जिम्मेवार हुनेछन् ।

आज देशमा एउटा अभियान नै चलेको छ । त्यो अभियान आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्ध चलिरहेको छ । राजावादीहरूले घोषित रूपले नै गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्नका लागि सङ्गठित रूपले अभियान चलाइरहेका छन् । ओलीका गतिविधि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस प्रकारका नीतिका पक्षमा नै सञ्चालित भइरहेका छन् ।

ओलीले संसदप्रति दोषपूर्ण नीति अपनाएको कुरा ता प्रष्ट नै छ । उनले दुईदुई पल्ट संसद विघटन गरेका छन् । प्रथम पल्ट सर्वाेच्च अदालतले विघटित संसदको पुनः स्थापना गरिसकेपछि पनि उनले लगातार संसदको विघटन नै संवैधानिक नै बताइराखे र पुनस्र्थापित संसदको बैठकमा एक पल्ट पनि सामेल भएनन् । पछि संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि र उनको सरकार अल्पमतमा परिसकेपछि पनि उनले पुनः संसदको विघटन गर्ने काम गरे ।

यो प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ : के उनको विद्वेष संसदप्रति मात्र हो वा अहिलेको बहुदलीय व्यवस्था वा सम्पूर्ण संविधान, गणतन्त्र र धर्म निरपेक्षताप्रति नै हो । यो लुकेको कुरा होइन कि भारतको कट्टरपन्थी, हिन्दुवादी शासकवर्गले नेपालमा धर्म निरपेक्षतालाई समाप्त गरेर हिन्दु राष्ट्रको स्थापना गर्ने वा हिन्दु राजालाई समेत स्थापित गर्न चाहान्छन् । भारतीय रअका प्रमुख गोयलसितको गोप्य भेटघाटमा के ओलीले ती भारतीय उद्देश्य पूरा गर्नका लागि सहमति ता कायम गरेका छैनन् ? वा अहिले उनको सम्पूर्ण गतिविधि त्यही दिशामा सञ्चालित त छैन ? उनले चुनावपछि दुईतिहाइ बहुमतप्राप्त गर्ने कुरामा लगातार जोड दिइरहेका छन् । कहीँ त्यस्ता पक्षहरूको उद्देश्य संसदमा दुईतिहाइ बहुमत प्राप्त गरेर गणतन्त्र र धर्म निरपेक्षतासमेतका संवैधानिक व्यवस्थामा संशोधन गर्ने ता रहेको छैन ? त्यसका साथै संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी जुन नक्सा पारित गरेको छ, भारतीय दबाबमा त्यो नक्सालाई समेत खारेज गराउन ओलीले छद्म रूपले काम गरिरहेका त छैनन् ? यी प्रश्न पनि नउठाइकन रहन सकिन्न ।

वास्तविकता यो हो कि अहिले ओलीले भारतीय समर्थन नै आफ्नो अस्तित्व बचाउने प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा आफ्नो सत्ता र महत्त्वाकाङ्क्षा पूरा गर्न उनी कुनै हदसम्म पनि जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा राष्ट्रियतासमेतको रक्षाका लागि ओलीका विरुद्धको सङ्घर्ष अहिलेको देशको एउटा गम्भीर राष्ट्रिय आवश्यकता भएको छ

वास्तविकता यो हो कि अहिले ओलीले भारतीय समर्थन नै आफ्नो अस्तित्व बचाउने प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा आफ्नो सत्ता र महत्त्वाकाङ्क्षा पूरा गर्न उनी कुनै हदसम्म पनि जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा राष्ट्रियतासमेतको रक्षाका लागि ओलीका विरुद्धको सङ्घर्ष अहिलेको देशको एउटा गम्भीर राष्ट्रिय आवश्यकता भएको छ । त्यो अवस्थामा जुन राजनीतिक शक्ति ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्षमा उत्रन अगाडि आउँछन्, आवश्यकतानुसार सङ्घर्षको अधिकारलाई सुरक्षित राख्दै उनीहरूसित एकता मजबुत पार्ने कुरामा हामीले पूरा ध्यान दिनुपर्दछ । त्यो क्रममा सबै वुद्धिजीवी, नागरिक समुदाय, पत्रकार र आम जनतासमेत सित हामीले प्रतिगमनका विरुद्धको एकतालाई सुदृढ पार्ने प्रयत्न गर्नुपर्दछ र त्यसले गरेको एकताले नै प्रतिगमनलाई पराजित गर्न सम्भव हुने छ ।

अहिले संसदको विघटनको मुद्दा सर्वाेच्च अदालतमा छ । त्यसको परिणाम के हुने छ ? हामीले भन्न सक्दैनौँ । तैपनि एउटा कुरा प्रष्ट छ : सर्वाेच्च अदालतको फैसला जे भए पनि प्रतिगमनका विरुद्धको सङ्घर्ष लामो समय चल्ने छ । त्यसैले प्रतिगमनका विरुद्धको सङ्घर्षलाई लामो समयसम्म चलाउन हामी मानसिक र राजनीतिक दुबै प्रकारले तयार हुनुपर्दछ र त्यसका लागि व्यापक एकता कायम गर्नेतिर हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार