समता केन्द्रीय विभागको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको समता विभागको आयोजनामा अनलाईन अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अखिल नेपाल जातिय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विकको प्रमुख आतित्थ्यता रहेको थियो । विकले कार्यक्रममा “दलितहरु माथि बढ्दो ज्यादतीका घटनाहरु तथा दलित आन्दोलनको प्रश्न” विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

अबधारणा पत्रमा विकले देशमा गणतन्त्र स्थापना भएर संविधान समेत बनिसक्दा समेत दलितहरु माथिको अन्याय, अत्याचार, छुवाछुत लगायतका विषयबाट पिल्सीनु पर्ने समस्य अत्यन्तै निन्दनीय कार्य रहेको बताउनु भएको छ । त्यस्तै विकले विभिन्न स्थानहरुमा दलितहरु माथि भइरहेका ज्यादती, हत्या, हिंसा, वलात्कार जस्ता जघन्य अपराधहरु हुनुले मानव समाजलाई नै कलंकित बनाएको बताउनु भएको छ ।

अवधारणा पत्रमाथि अखिल नेपाल युवक संघका महामसचिव कृष्णराज पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, सल्लाहकार धनवीर पुन, केवी थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघ (अफ्फा) का अध्यक्ष भैरवराज रेग्मी, मूल प्रवाहका केन्द्रीय केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, उपाध्यक्ष देव बहादुर लामिछाने, कोषाध्यक्ष रुक बहादुर केसीले आतित्थ्यता गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता विभागका सदस्य विनु नेपालीले र सञ्चालन महेन्द्र बस्यालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विभागका सदस्य शेर बहादुर विकले स्वागत गर्नुभएको थियो । कार्यक्रमको बीचमा बेंगलोरका रामसिंह विकले गित प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार