समयको चक्र

  • धर्मराज शर्मा

दुश्मनका शक्तिहरु यत्रतत्र घुमिरहन्छन्
सँकटको बेला पर्दा प्रसश्तै नाचिरहन्छन् ।
ब्यक्ति बिषेश दाउपेच पारि उठिरहन्छन्
सम्बेदनसिल्का कुरागर्दै धम्काई रहन्छन् ।

स्वच्छचारि कदम स्वंय अाफै अघि चाल्छन्
सैदान्तिक स्तर छैनभनि हप्काईदप्काई गर्छन् ।
स्वार्थ पर्दा जागिरखान काँग्रेस तिरै आउँछन्
अाजभोलि उनै महाक्रान्तिकारी ठान्छन् ।

अार्थिक भय अस्तित्वमा दाउपेच लाउँछन्
निम्न पुजिबादी चिन्तनका कुरा धेरै गर्छन् ।
स्वार्थ पुरती गर्न काँग्रेसको सिन्दुर लाउँछन्
फाईदासँग नीति मिच्दै जन्ता भिडाउछन् ।

स्वार्थपुर्ति गरेपछि जनमत खोज्न हिड्छन्
सम्पन्नताको सर्टिफिकट स्वंय मान्य भन्छन् ।
बिपन्नताको बर्ग दुश्मन सँधै तल पार्छन्
गरिखाने बर्ग बर्गमा फाटो हाल्दै हिड्छन् ।

स्वार्थपुर्ति भैन भने नीति गलत भन्छन्
स्वच्छचारी मस्तिष्क अति धेरै ख्याउँछन् ।
समयको चक्रसँगै दुष्मन शक्ति आउँछन्
मित्र शक्ति छुटाउने अबसर जनता पाउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार