समस्याग्रस्त नेपालीहरूका लागि एकता समाज

  •   
  •  
  •  
  •  
  •  
  •  

881 जनाले पढ्नु भयो ।

कुल बहादुर वगाले, जालन्धर

जब माटोले बनेको घैटोबाट पानी रसायको हुन्छ, त्यो घैटोको आफ्नो वेवसी हुन्छ, तर वेवस व्यक्तिबाट हामीलाई र उसलाई जिन्दगीको कम्जोर तर अनिवार्य पक्षको ज्ञान पनि मिल्दछ । मानिसको समस्या उसलाई यो संसार बारे र यो संसार विच आफ्नो रफ्तार र व्यक्तित्व बारे सोंच्नको लागि बाध्य हुन्छ । त्यसैले हामी दुःखहरुका कुरालाई माथिबाट ध्यानसँग सुनाउँछौं र सुन्ने गर्दछौं ।

हामी प्रशन्नताको समयमा लापरबाहीसँग अगाडि बढाउँछौं तर समयमा वाध्य वा विवसको घडीलाई कयौं पटक गनिन्छ भने सम्झना गर्दै दुःखी हुने गरिन्छ । विवसको अवस्था वीच सबै भन्दा पहिले हाम्रो स्वतन्त्रता सिद्धिन्छ र जिन्दगीको रफ्तार सुस्त हुनुको कारण हामीलाई अनेकौं दृष्य देखिन थाल्छ, जो पहिले देखिदैन थियो ।

यहाँसम्म कि मानिसको जिन्दगीलाई लाइनदेखि तल उतारी दिन्छ, जसले यताउता, भविष्य बारे, इस्ट्मिित्र, आप्mना बारे सोंच नै फेरिदिन्छ, जसले हाम्रो दृष्टिकोण र व्यबहारमा समेत परिवर्तन हुन्छ । जस्तैः उदाहरण मानिसलाई आफ्नो घुँडा दुख्यो भने हिड्नको लागि सहजता समाप्त हुन्छ । मुटुको समस्या पर्यो भने शारिरीक रुपमा नै समस्या पर्दै जान्छ । यस परिस्थितिमा मानिसलाई अनुभव हुन्छ कि हाम्रो आप्mनो भनेको शरीर मात्रै हो । तसर्थ बांकि सबै संसारको हर चिज हर वस्तुको अर्थ शरीरको हालतसँग जोडिएको हुन्छ ।

सबै थोक हुँदाहुँदै पनि जीवनको उमङ्ग छैन भने हौसला पनि देखिन्दैन । विवस्ता धेरै जसो संयोग र अवसरको बिचबाट उब्जन्छ, जस्तै खडेरीले खेतबारीको खेती सुकिरहेको हुन्छ तर आकाशबाट पानी पर्दैन । बाध्यता र विवसताको अवस्थामा कुनै विषय महत्वापूर्ण देखिंदैन, यहाँसम्म कि आप्mनो वरिपरि पनि खाली खाली स्थान देखिन थाल्दछ । समयलाई चिन्ने शक्ति सिद्दिन्छ जस्तै हस्पिटलको पलङ्गमा रहेको एक बिमार व्यक्तिले त्यस कोठाको ढोका तर्फ हेरिरहेको हुन्छ कि, आप्mनो घरबाट आफुलाई आउने नास्ता, बिहान हस्पिटलको समय अनुसारको समय आठ बजे आउने थाहा हुँदाहुँदै पनि उसले बिहान छ बजेदेखि नै हेर्न शुरू गर्द्छ । किनकि त्यस बेलाको समयको पर्खाइ ठूलो विवसता हुन्छ ।

कैयौंलाई प्रत्येक चिजलाई पर्खनु पर्ने बाध्यता छ । जस्तै अहिलेको अवस्थामा नोबेल कोरोना भाइरसको कारण विश्वमा महामारी फैलिएको बेला कोरोनाको रोकथामको लागि हरेक देशमा त्यहिंको सरकारले लकडाउन लगाएको छ । तर त्यो लकडाउन कहिले हट्ने होला भनेर पर्खिनु पर्ने विवसतामा आम मानिसहरु छौं । यहाँसम्म कि अहिलेको अवस्थामा विदेशमा रहेका नागरिकहरु जुनसुकै व्यक्तिको समस्या मध्ये सबैलाई छुट्ट्याउन गाह्रो छ । किन कि समय सबैको उस्तैउस्तै छ र कुनै पनि व्यक्तिको समस्या एउटाको मात्र हल हुनसक्ने अवस्था रहेको छैन ।

हामीले जीवनको गम्भीर चुनौतीपूर्ण समस्याको सामना गर्नका लागि अवस्था अनुसारको तयारी गर्नु पर्ने हुन्छ । जीवनको गम्भीर चुनौतीपूर्ण समस्याको सामना गर्न सिक्यौं भने नै अगाडिका जीवन ज्यूने बाटोहरु खुल्ने छ । किनकी यो अवस्थाको जीवनमा आएका रुकावटहरु समस्याहरु र वाध्यताहरु नभएको भए हामीले स्वयं आफुलाई कसरी चिन्न सक्ने थियौं ? यसरी भन्नु पर्दा जीव जगतलाई नै यो समयले र प्रकृतिले दिएको अवसरको रुपमा लिनु पर्ने पनि हुन्छ ।

प्रत्येक व्यक्ती, प्रत्येक परिवारमा शक्ति हुन्छ, ती सबै शक्ति मिलेर समाज विच एक संयुक्त शक्ति बन्दछ । त्यही शक्तिद्वारा नै मानिसको जीवन विच आइपर्ने समस्या मध्ये एक मात्र होइन अनेक समस्याको सामना र समाधान गर्न सकिन्छ । यो पनि आशा गरिन्छ कि यो पीडा र दुःख पछि सुख पनि आउनेछ । यसप्रकारको दुःखको दिन समाप्त हुने छ ।

यद्यपि मान्छेले प्राय जसो वाध्यताको अवस्थामा जिन्दगीलाई सिधा नदेखेर उल्टो तर्फ देख्ने गर्दछ । तर मान्छेले दुःख र पीडाको भोगाई तथा त्यसको अर्थ सम्झन सक्द्छ भने दुःख देखिंदैन । प्रत्येक अवस्था विच यो याद राख्न आवश्यक छ कि वाध्यताबाट मुक्त हुनका लागि सबै भन्दा धेरै स्वयं आफुलाई जतन गर्नु पर्ने हुन्छ । अहिलेको अवस्थामा हाम्रो अगाडि के देखापरेको छ भने, “हारेको जीवनको कुनै पनि प्रकारको उपचार हुन सक्दैन” त्यसैले यस प्रकारको सोंच बनाउनु भन्दा पहिले सोंचाइमा हार हुन हुँदैन । हाम्रो हारेको किस्मत र कर्म भन्ने सोंच पनि उबज्याउनु हुँदैन ।

तर एउटा कुरा जुन अवस्थालाई टाल्न सकिँदैन, त्यसलाई अगाडि बढ्न दिनु बुद्धिमानी पनि हो । किन कि प्राकृतिले प्रायजसो हरेक व्यक्तिलाई जीवनको लामो अन्तरालका वर्षहरुमा आफनो अनुभव र मुल्यांकन गर्नका लागि समय दिन्छ । जीवनमा व्यक्ति भर्र्याङ् सिढी मात्र चढेर आप्mनो सफलता हासिल गरेको पाइन्छ र सफलता सँगसंगै सामाजिक सोंच वा पूलको काम पनि गर्नु पर्दछ भन्ने हेक्का हुँदैन । सिढी भर्र्याङ्को महत्व र पूलको महत्व जबसम्म सामाजिक भावनबाट प्रेरित हुँदैन, तबसम्म बुझ्न गाह्रो हुन्छ । जस्तैः जुनसुकै राष्ट्रमा पनि हरेक देशले आफ्नो राजदूतावास राख्नु, पठाउनुको मतलब पनि दुबै देशको लागि त्यो देशदेखि आफ्नो देशसम्म राजनैतिक र कुटनैतिक लगायतको कार्यहरु गर्नु पर्ने व्यावहारिक कामको समेत उनीहरुको जिम्मेवारी हुन्छ ।

आजको अवस्थामा वैश्विक महामारी कोरोनाको भाइरस संक्रमणबाट हतोत्साहित भएका आप्mना देशका नागरिकहरुलाई कैयौं देशहरुले उद्दार गरि आ–आफ्नो देशमा पुर्याई सकेका छन् । तर दुःख साथ भन्नु पर्दा भारतमा रहेको नेपाली दूतावासले भने यो जिम्मेवारी पुरा गरेको जस्तो लाग्दैन ।

यो पूलको काम गरिरहेको काम भारतमा यतिवेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको छ । समाजले भारत लगायत विश्वभरी छरिएर रहेका नेपाली श्रमिकहरुलाई स्वदेश भित्र्याउनु पर्ने, स्वपहल, विभिन्न स्थानीय प्रशासन, समाजिक संघ संस्था एवं समाज सेवीहरुसँग सहकार्य गरि सरकारसँग लगातार वार्ता र संवाद गर्दै गर्नुका साथै राहात प्रदान गर्दै आएको छ । त्यसका साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विश्व स्वास्थ्य संगठनले जारि गरेको अन्तर्राष्ट्रिय प्रोटोकलको आधारमा रहेर नेपालीहरुलाई जहाँ छन् त्यही सरकारले व्यवस्थापन गर्नु पर्ने मागमा जोड दिंदै आएको छ ।

विश्वव्यापी रुपमा पैmलिंदै गएको कोरोना संक्रमणका दौरानमा समस्यामा परेका नेपालीहरुलाई नेपाल सरकारलाई सम्बन्धित देशसँग कुटनैतिक पहल गरि आफ्ना नागरिकहरुको उद्दारको निम्ति निरन्तर मूल प्रवाहले संघर्ष गर्दै आएको छ । सङ्कल्प मात्र नभएर ढृढ रूपमा भूमीका खेलीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *